चेलीले मुख खोलीन , क्वारेण्टाईनमा राखेको बिरामी चेलीलाइ समेत छाडेनन बल,त्कारीले, भाको के रहेछ ? (भिडियो सहित)

एक नारायण पौडेल,
जबसम्म पुलिङ्गभित्रको अहंकारलाई ठेगान र नियन्त्रण लगाउने सभ्य समाज निर्माण हुदैन तबसम्म पुलिङ्गभित्रको पुरुषार्थ कहि न कतै कुनै न कुनै रूपमा हिसंक भएर आफ्नै आमा, हजुरमामा , दिदीबहिनी, भाउजू , बुहारी , छोरी चेलीमाथी बारम्बार जघन्य अपराध गरिरहन सक्छ । तसर्थ हामीले जातीय , बर्गिय र लिङ्गीय बिभेदलाई अन्त्य नगरी सभ्य समाजको परिकल्पना त गरौंला तर त्यो अपुर्ण नै रहन्छ ।

लम्की चुहामा भएको घटनाको बारेमा – पिडित महिलाले के भन्नुहुन्छ ?- सुन्नुहोस अनि न्यायका लागि साथ दिउ ।

जबसम्म पुरुष सरह नै नारीले चाहे मध्यरातमा होस वा एकान्तमा होस आफुले आफुलाई सुरक्षित महसुस गर्न वा सुरक्षित बनाउन सक्दैनन् तबसम्म पुरुषले आफुलाई #मर्द को रूपमा दम्भ राखिरहनेछ । जबसम्म नारी आफुमाथी हुने लैङ्गिक हिंसा वा दुर्ब्यबहारमाथि भौतिक रुमा होस वा आवाजबाट होस सशक्त प्रतिरोध गर्न हिच्किच्याउछिन तबसम्म नारीले पुलिङ्गको बर्बरता सहन बाध्य हुनेछिन । हेपिरहने छिन ।

शारीरिक रुपमा कमजोर , बृद्ध, सुत्केरी , अपाङ्ग वा बालबालिकामाथि हुने यौन अपराधमा भौतिक प्रतिरोधको संभावना न्यून हुने भएपनि बयस्क महिला/ नारीको हकमा एकल बलात्कार वा यौन अपराधहरु किन समाजमा प्रशस्तै घटिरहेका छन ?? किन उमेर पुगेकी बयस्क वा शारीरिक रूपमा सक्षम नारीहरु बारम्बार पुरुषबाट बलात्कृत भईरहेका छन ? आखिर किन ?? हारगुहार र सहयोग माग्न वा लिन सक्ने प्रशस्त संभावनाका बिच पनि किन नारी अपराध स्वीकार बाध्य छन ?? के कुराको डर र भयले उनीहरु मौन रहन बाध्य भइरहेका छन ? अन्य के कारणहरु हुन सक्छन् ? श्रीमान , श्रीमती बिचको स्वाभाविक सम्बन्धमा त श्रीमतीको इच्छाबिपरित हुने यौनसम्बन्धमा पुरुषको लिङ्ग छेदन भएका घटनाहरु बाहिर आईरहेका छन भने बयस्क नारीमाथिको बलात्कारका घटनामा किन यस्तैखाले वा अन्य भौतिक प्रतिरोध हुन सकेको छैन ? कि कतै समझदारी वा मौन स्वीकृति अन्ततः विभिन्न उतारचढावका बिच बलात्कारमा आरोपित त हुदैछैन ?? क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको घटनाले हामी पुरुषहरु जति #लज्जा_र_हिनताबोध भएको महसुस गरिरहेका छौ त्यति नै रहस्यमय पनि देखिन्छ जहाँ आलोपालो / भिन्न भिन्न समयमा बलात्कार वा यौन क्रियाकलाप भएको स्वयं पिडितले बताएकी छिन । घटनाको प्रकृति हेर्दा केही शंका गर्न सकिने छिद्रहरु छन यद्यपि कोरोनाको संक्रमणको भय र एउटा निरीह नारीमाथिको बर्बरता , आक्रमण र अपराधलाई फाँसीको सजाय पनि कम लाग्छ ।

इच्छाबिपरित हुने कुनैपनि यौन सम्बन्ध/ बलात्कारका प्रयासहरुमा सबैभन्दा पहिला नारी स्वयं आफुले आफुलाई हिम्मत जुटाएर प्रतिरोध गर्दै स्वयं आफुलाई न्यायलयको रूपमा उभ्याउन सक्नुपर्छ जसले गर्दा पुरुषले अपराध गर्नु अगाडि हजारपल्ट सोच्नुपरोस् कि यदि मैले छोरीचेली , आमा , दिदिबहिनी, बालिका वा कुनै नारीमाथी कुनै अपराध वा नराम्रो सोचे भने मात्रै पनि पहिलो निशाना म स्वयं नै हुनेछु ।।