कतारबाट नेपाल फर्कने पहिलो सूचिमा तनहुँका ११७ जनाको नाम सार्वजनिक – (नामावली सहित)

भोला थापा क्षेत्री,दोहा । नेपाली राजदुतावासले भर्खरै सार्वजनिक गरेको घर फर्कने सुचिमा तनहुँका ११७ जना परेका छन ।गत ११ जुनमा दुतावासले सार्वजनिक गरेको कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूचीमा तनहुँका ११७ जनाको पनि नाम रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको दूतावासले जनाएको छ । आगामी १६ र २० जुनमा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुनमा हिमालय एयरलाइन्सका २ उडानहरुबाट नेपालीहरु नेपाल जाने दुतवासको सुचनमा उल्लेखे छ ।

प्राविधिक कारणहरुले उडानको मिति हेरफेर हुन सक्ने उल्लेख गरेको छ ।

दुतवासले हवाई भाडा व्यक्ति स्वयंले व्यहोर्नु बताउर्दै हवाई भाडा मूल्य ४९० अमेरिकी डलर तोकिएकोे छ ।

पहिलो प्रथामिकतामा कस्लाई ?

राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत), पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राख्नुको साथै श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका पनि प्राथमिकता आधार तय गरेको हो ।

साथै दुतवासले आवश्यकता अनुरुप र प्रथामिकताका आधारमा सुचना मार्फत आफै सम्पर्क गर्ने बताउदै नेपाली नागरिकहरुको स्वदेश फिर्ति प्रक्रिया सहजीकरण गर्न राजदूतावास प्रयत्नशील रहेको जनाएकोे छ ।

साथै आममाफी पाएका तथा डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई भने कतार सरकारले आफ्नै विमान मार्फत नेपाल फर्काउने प्रकृय अघि बढाएको सुचनमा उल्लेख गरिएको छ ।

तस्बिर : एलजजिरा

को को छन त सुचिमा नामवाली हेर्नुहोस् ।
CLICK HERE FOR LIST