राष्ट्रिय संकटको बेला भ्रष्टाचार सैह्य हुँदैन – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय संकटको बेला कसैले भ्रष्टाचार गर्छ भन्ने सैह्य नहुने बताएका छन् ।

संसदमा बजेटमाथी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने ‘कही कतै दुरुपयोग भएको पनि हुनसक्छ । तर, भएकै छ भनेर म भन्न सक्दिन ।’ कोरोना संक्रमण नियन्त्रणमा स्थानिय तहहरुले इमान्दारीपूर्वक काम गरेको धारणा राखे ।