बेलायतकामा मानिसहरुले लकडाउनको नियम पालना नगरेपछि कोरोनाको संक्रमण झन् बढ्नसक्ने संकेत

बेलायत । कोरोना भाइरसका कारण बेलायातवासीहरुले इतिहासमै पहिलोपल्ट ७० दिन लामो लकडाउनको अनुभव गरेका छन् । बेलायतमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण न्यूनीकरण गर्न सरकारद्वारा गत मार्च २३ तारिखबाट जारी लकडाउन जुन १ तारिख सोमबारबाट केहि खुकुलो हुंदैछ ।

सरकारले गरेको यस्तो घोषणा अघि नै बेलायतका पार्क तथा सामुन्द्रिक किनारहरुमा बेलायतवासीहरुले लकडाउनको बेवास्ता गर्दै नियम उल्लंघन गरेका छन् ।

बेलायतकै सुन्दर एवम् रमणीय चट्टानसहितको समुन्द्री किनार ‘डर्डल डोर’ लाई लकडाउन उल्लंघन गरेकै कारण अनिश्चित कालका लागि बन्द गर्नुपरेको छ । शनिबार हजारौंको संख्यामा मानिसहरु जम्मा भएको सो स्थानमा भएको दुर्घटनाका कारण एअर एम्बुलेन्स समेत पुगेको थियो ।

यस घटनासंगै अनिश्चितकालका लागि त्यस ठाउँमा जान प्रतिबन्ध गरिएको स्थानीय काउन्सिल तथा प्रहरीले बताएका छन् ।

त्यहाँको प्रमुख आकर्षकको रुपमा रहेको चट्टानबाट मानिसहरु समुन्द्रमा हाम्फाल्ने गर्दछन् । करिब दुई सय फिट उचाईबाट हामफाल्ने क्रममा हिजो तीन जना व्यक्तिहरु घाइते भएपछि एअर एम्बुलेन्सद्वारा उद्वार गरिएको थियो ।

त्यस्तै बेलायतको केन्द्रमा रहेको हाइडपार्क कर्नरमा शनिबार भएको छुरा काण्डमा तीनजना घाइते भएको र घटनामा संलग्न चार जनालाई प्रहरीद्वारा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

बेलायतका सबैजसो पार्कमा मानिसहरुले लकडाउनको नियम पालना नगरेपछि कोरोनाको संक्रमण झन् बढ्नसक्ने संकेत देखिएको छ ।

कोरोना संक्रमण अझै नियन्त्रणमा आइनसकेकोले लकडाउन खुकुलो पार्न सरकारले हतार गरेको कतिपय विज्ञहरुको भनाइ छ । बेलायतमा कोरोना अझै तीव्र गतिमा फैलिरहेकोले निकै सावधान रहनुपर्ने धारणा उनीहरुले व्यक्त गरेका छन् ।

नेपाली लिङ्क