जातीय द्वन्द मच्चाउन लागि भनेर मलाई भन्नेहरु कान खोलेर सुन

सरु सुनार
हामीले हामी माथी भएको जातीय विभेद , हत्या र अन्याय विरुद्ध आवज उठाउदा र न्याय खोज्दा जातीय द्वन्द मचाउन खोजी , सामाजिक सद्वभाब भाडन खोजी भनी मलाई तार्केट गर्नेहरु कान खोलेर सुन तिम्रा आमाले कहिल्यै धारापधेरामा पानी भर्न जादा पानी छोइयो भनी कुटिइकी छिन् सोध तिम्रो आमालाई ?

कहिले तिम्रो दिदिबहिनी कसैसंग प्रेम गर्दा जात सानो भनी पेटमा बच्चा हुँदा स्वीकार गर्न पर्छ भनी केटाले त्रिसुलीमा फालेको आफ्नै दिदिबहिनी गुमाएका छौ? ठुलो जात सग प्रेम र बिवाहा गर्दा परिवार र समाजले स्वीकार नगरे पछि परिवार र श्रीमानको यातना सहन नसकी आत्महत्या गरेको तिम्रो बैनिको लास हेरेका छौ ?

कुनै उच्च जात भन्नेसग बिवाहा गर्दा सासू -ससुरा र परिवार मिलि सानो जातको केटि बुहारी बनाउन सकिन्न भनी कुटिकुटी मारेर जङ्गलमा फालेको एउटा दिदीको कुहिएको लास तिमी उठाएका छौ ?एउटा उच्च जात भन्नेसंग प्रेम र बिवाहा गर्दा एउटा दलित युवकलाई ज्वाइँ स्वीकार गर्न सकिन्न भनी मारेर झुन्डाएको लास तिम्रो आफ्नै भाइ भएर उठाएका छौ ?

अह छैन नि ? यी सब हामीले भोगेका छौ हामी सदिऔं देखि एउटा जातको नाममा लुटिनु पर्ने, अपमानित हुनु पर्ने , बहिष्कार हुनु पर्ने मारिनु पर्ने ? अनि यो पीडा तिमीहरुले भोगेको छैनौ यो भोग्ने म छु , हामी छौ अनि यी अन्याय विरुद्धको आवज महिले उठाउदा समाज भाडने म कसरी हुन्छु ? अनि सामाजिक सद्वभाब कसरी भड्काउन खोजे ?

अन्याय र अपमानको विरुद्ध आवज उठाउदा सामाजिक सद्वभाब भड्काइ भन्नेहरुले कान खोलेर सुन अब पनि जातीय विभेद रोकिएन र जात कै नाममा हाम्रा युवा र युवतीका हत्या हुन्छ भने अहिले त आवज उठेको छ ।
सामाजिक द्वन्द मच्चाउन र समाज भडकाउन खोज्ने हामी होईन तिमीहरु हो जसले आज २१ औं सताब्दीमा पनि पानी छुन नहुने , अछुत भनी मानबलाइ दोस्रो दर्जाको नागरिक बनाएका छौं । सुधिन्रे अब तिमीहरू हो ।
हामी होईन ।

अहिले आवज मात्र उठेको छ यस्तै भयो भनी कुनै दिन न्यायको लागि हतियार उठाउन नपरोस् – चेतना भया ।
( सरु सुनार)