यसरी घातक MCC (एमसीसी) नेपालको लागी ? किन आउनु हुदैन MCC नेपालमा नया खुलासा (भिडियो सहित)

एमसीसी को सम्झौतामा के के ब्यवस्था राखिएको छ भन्ने बिषय अहिले चर्चा र चासोको बिषय बनेको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्री परिषदका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की हुँदा नै सन २०१७ सेप्टेम्बर १४ मा नै तयार गरिएको उक्त सम्झौता नेपाली संसदले पारित नभएसम्म लागु नहुने भएकाले अहिले ओली सरकारले एमसिसि पारितका लागि प्रतिनिधि सभामा प्रस्ताव दर्ता गराएको छ ।

नेपालका लागि घातक हुने बिश्लेशण सहित एमसिसि पारित गर्न नहुने भनेर चौतर्फि रुपमा सरकारलाई दबाब सृजना भएको छ । नागरिक तहदेखी बिश्लेषकहरुले समेत एमसीसी नेपालका लागि ठिक नहुने बताईरहेका बेला सरकार भने एमसीसी पारित गराउने प्रयासमा लागेको छ ।
चर्चाको शिखरमा रहेको एमसिसि सम्झौता भित्र के छ भन्ने चासो को बिषय बनेको छ आज भोली । यसै बिषय बस्तुमा केन्द्रित रही पत्रकार सुर्य थापा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावल संग को बिशेष कुराकानी हेर्नुहोस भिडियो :