रुकुम घटनाबारे संसदमा कड्कीए गगन थापा, संसदमा चल्यो जुहारी, सडकमा मान्छेको भिड (भिडियो)

प्रतिपक्षी नेपाली कांग्रेसले रुकुम पश्चिमको घटनालाई लिएर दलित सांसदको नेतृत्वमा संसदीय समिति गठनको माग गरेको छ । प्रतिनीधि सभाको बैठकमा बोल्दै गगन थापाले घटनाको छानबिन गरी दोषिउपर कारबाही गर्न आग्रह गर्नुभयो ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै सोमबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमिति लगाएत बिभिन्न संघ संस्थाहरुले उक्तघटनाको सत्यतथ्य छानबिनको माग गर्दै सोमबार प्रदर्शन गरेको हो । जातीय छुवाछूतकै कारण घटना भएकाले पीडकलाई तत्काल सजायको माग गर्दै प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।