मनकारी नायिका पूजना प्रधानले गरिन लकडाउनले समस्यामा परेको संस्थालाई सहयोग

काठमाडौं : नायिका पूजना प्रधानले लकडाउनका कारण समस्यामा परेका बिभिन्न ब्यक्ती तथा सस्थालाई सहयोग गर्दै आएकी छन । यसै बिच उनले नयाँ बानेश्वर संगम चोकमा अवस्थित बाल आश्रम ‘नयाँ नेपाल सोसाइटी’लाई राहत सामाग्रीका साथै सहयोग रकम प्रदान गरेकि छन ।

लकडाउनका कारण संस्थामा खाद्द्यान्यको अभाव नभएपनी बिजुली बत्ती र ग्यास किन्न समस्या भएको थाहा पाउने बित्तिकै पूजनाले आफ्नो संस्था बार्ट्स फाउन्डेसन मार्फत सहयोग रकम उपलब्ध गराएकी हुन । फाउन्डेसनका आजीवन सदस्य श्रद्दा स्त्री र रफी शाहज्युले प्रदान गरेको सहयोग रकम पूजना मार्फत सस्थालाई हस्तान्त्रण गरिएको थियो । आफुपनी सामाजिक संस्था संचालक भएकोले एक संस्थालाई अफ्ठ्यारो पर्दा अर्को संस्थाले सहयोग गर्नु पर्ने पूजनाको भनाइ छ ।

पुजनाले राहत सामाग्री बितरण गर्नु भन्दा अगाडि माक्स र पन्जा पनि बितरण गरेकी थिइन । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै आफुहरुले राहत प्रदान गर्नु भन्दा पहिले मास्क र पन्जा बितरण गरेको पूजनाको भनाइ छ । साथै संस्थालाई यतिखेर घर भाडा तिर्न समस्या भएकोले सहयोगी मन भएका महानुभावहरुले सहयोग गरिदिनुहुन समेत पूजनाले आग्रह गरेकी छन ।

भिडियो हेर्नुहोस्