उत्तर प्रदेश मुख्यमन्त्री योगी : नेपालले तिब्बत जस्तै ग,ल्ती दोहोर्‍याउन हुँदैन’

एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतबीचको सीमालाई लिएर हाल भइरहेको वि,वादका बारेमा बोलेका छन्। भारतको समाचार संस्था ‘आइएएनएस’सँगको साक्षात्कारमा योगीले नेपालले तिब्बतले जस्तै ग,ल्ती दोहोर्‍याउन नहुने बताएका हुन्।

भारत र नेपाल दुई राजनीतिक प्रतिष्ठान भए पनि दुवैको आ,त्मा एउटै रहेको भन्दै योगीले भने, ‘ धेरै शताब्दीदेखि दुवै देशको सांस्कृतिक,ऐतिहासिक र पौराणिक सम्बन्ध छ। नेपालले यसलाई बिर्सन हुँदैन।’

आदित्यनाथले नै केही वर्षअघि नेपाललाई पुनः हिन्दु राज्य बनाउनुपर्छ भन्ने धारणा राखेका थिए। २०७३ सालमा अन्तर्राष्ट्रिय विराट हिन्दु महासंघको सम्मेलनमा सहभागी हुन नेपाल आएका उनले पृथ्वीनारायणले बनाएको नेपालको हिन्दु राष्ट्र नेपालको पहिचान स,माप्त पार्ने प्रयास भइरहेको वि,वादास्पद अभिव्यक्ति दिएका थिए।-पहिलो पोष्टबाट