Wednesday, Apr 14 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
बुधबार, ०१ बैसाख २०७८
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

नेपालमा कोरोनाभाईरस ब्यवस्थापनमा बिचारणिय पक्षहरु

ScotNepal June 3, 2020
49 Shares
Share
Tweet
WhatsApp
Vibe

डा पुरुषोत्तम पौडेल

बिश्व महामारीको रुप लिएको नोबल कोरोना (nCovid 19) बाट सन्सारका सबै देश र समुदायहरु प्रभाबित भएकाछन् । यो सुस्म भाईरस SARS (Severe Acute Respiratory Syndrome) समुहमा पर्दछ । मुख्य त यस समुहको भाईरसले स्वासप्रस्वासमा कठिनाई उत्पन्न गर्दछन् । यो नोवल कोरोना पशुपन्छी बाट मानिसमा र मानिस वाट मानिसमा सरेको यो पहिलो पटक हो भनिएको छ । यो कसरी मानिसमा सर्यो र शरिरमा के कस्तो थप परिबर्तन र असर ल्याउछ भन्ने बिषय अझै अनुसन्धनको क्रममा छ ।

वल्डोमिटरको अनुसार यो भाईरसका कारण अहिले सम्ममा बिश्वभरमा ६३ लाख मानिसहरुमा संक्रमित भएको र ३.७४ लाख यहि रोगका कारण ज्यान गएकोछ । तर यि तथ्यांकहरु भरपर्दा भने देखिदैनन् । बेलायत कै कुरा गरौ । सरकारले दैनिक संक्रमित र मृत्यु हुनेहरुको तथ्यांक प्रस्तुत गर्दै आयो । तर पछि थाहा हुन आयो कि नर्सिङ र केयर क्षेत्रहरुको तथ्यांकहरु दैनिक प्रस्तुतिमा परेको रहेनछ । मुलुकहरुमा संक्रमित हुनेहरुको तथ्यांक अझै यकिन भने हुन सकेको छैन । परिक्षण गरिएका मानिसहरु मात्र त्यस तथ्यांकमा परेकाछन् । संक्रमित भएर सामान्य लक्षणवाट नै निको भएकाहरु तथ्यांकहरुमा परेका छैनन् ।

यो भाईरस संक्रमण मानविय कनेक्सनको आधारमा द्रुत वा सुस्त भएको देखिन्छ । यो तुलनात्मकरुपमा मानबिय कनेक्सन कम भएका देशहरुमा सुस्त गतिमा फैलिएकोछ । नेपाल पनि यो भाईरस संक्रमणवाट पृथक रहेन । हुन त नेपाल चिन संगै सिमाना जोडिएकोछ तर वुहानवाट नेपाल सिधा हवाई र स्थलगत यातायात नजोडिएको र पश्चिमी देशहरुको जस्तो चिन संग ठुल‍ो ब्यापारिक संम्बन्ध नभएको कारण अरु देशहरुमा जसरी तुरुन्त भाईरस संक्रमण नेपालमा हुन पाएन । अहिले नेपाल तेस्रो मुलुकहरुवाट आवतजावत गर्नेहरुको माध्यमवाट संक्रमित भैरहेकोछ ।

गत १३ जनवरीमा चिनको वुहानवाट अन्य ट्रान्जिटहरु हुदै काठमाण्डौ आएका एक बिध्यार्थी मा पहिलो पटक शुरु भएको यो भाईरस आज सम्म आई पुग्दा वल्डोमिटरले जनाए अनुसार नेपालमा १८११ जनामा संक्रमित भै ८ जनाको मृत्यु भैसकेकोछ । यो हिसाबमा भाईरस संक्रमण तुलनात्मकरुमा शुरुमा सुस्त रहेको भए पनि गत एक हप्ता देखि संक्रमण द्रुत गतिमा बढेको देखिन्छ । हाल भैरहेको परिक्षणलाई आधार मानेर सरकारले संक्रमितको तथ्यांक प्रस्तुती गरिरहेको देखिन्छ । तर समुदायमा संक्रमण भने बढि हुन सक्दछ । अहिले सरकारी तथ्यांकहरु अनुसार पनि सबै प्रदेशहरु र धेरै जसो जिल्लाहरुमा यो भाईरस फैलिई सकेको देखिन्छ । अब यो संक्रमण ब्यबस्थापनमा बिशेष ध्यान दिनु पर्ने भैसकेकोछ ।

मार्च २४ मा लकडाउन भएपछि शुरु शुरुमा संक्रमण सुस्त रहेकै आधारमा सरकारले नेपाल कोरोना महामारी ब्यबस्थापनमा सक्षम भएकोले यो रोग नियन्त्रणमा छ भनेको थियो । संक्रमित संख्या कम देखिनुमा मानबिय कनेक्सन तुलनात्मकरुपमा कम र समयमा नै लकडाउन नै हुन् । अब कुरामा हैन ब्यवहारमा कोरोना संक्रमण ब्यबस्थापन गर्न जरुरी छ । भित्र लकडाउनको पुर्ण पालना, जनतालाई आबस्यक बस्तु तथा सेवाको ब्यबस्था, ब्यक्तिगत सुरक्षा ओजारहरुको ब्यबस्था, रोगको बिश्वसनिय परिक्षण र बिरामीलाई एकान्त (isolation) र प्रभावकारी अस्पताल सेवा यो भाईरस रोकथाम ब्यबस्थापनमा पर्दछन् ।

कोरोना भाईरसले युरोप भित्र शुरु शुरुको अपर्झट अवस्था एउटा वाडि आए जसरी फैलिएको भाईरसको संक्रमणमा के गर्ने, कसो गर्ने, मेलो मेसो नभएको र पुर्ब तैयारी गर्न नपाएकाले संक्रमण ब्यबस्थापनमा अलमल भयो । जसका कारण अस्पतालहरु भाईरस बिरामीले खचाखच भए र धेरै मानिसहरुको छोटो समयमानै ज्यान गयो । करिब २-३ हप्ता पछि सरकारले लकडाउनको घोषणा गर्यो । युरोपमा मानिसहरु द्रुत गतिमा संक्रमण भएर मानिसहरु मृत्युहुन थाले पछि लक्डाउन शुरु गरे तर त्यतिन्जेल भाईरस समुदायमा फैलिईसकेको थियो । अकल्पनियरुपमा बेलायतमा पनि ईटली संगसंगै संक्रमण शुरु भएको थियो । जसका कारण ६५ नेपाली सहित ३८ हजारको ज्यान गैसकेकोछ । बिदेशमा अहिले सम्म १२१ नेपालीहरुको ज्यान गएकोछ भनिएकोछ ।

नेपालमा पनि अहिले बिभिन्न देशहरुवाट हवाई र स्थल मार्ग हदै आएकाहरुवाट संक्रमण भएको भनिएको छ । नेपालवाट पनि दैनिक हजारौ मानिसहरु रोजगारी, ब्यापार, अध्ययन, तिर्थब्रत, उपचार, छुट्टी मनाउन र परिवार भेटघाट कारणहरु बिभिन्न देशहरु र मुलुक भित्र आबतजाबत गर्दछन् । नेपालमा असंगठित रोजगारीको सिलसिलामा घरवाट टाडा रहेका र भारतका बिभिन्न शहरहरुमा काम गरिरहेका नेपालीहरु कोरोना कहरका कारण घर फर्कने क्रम अत्यधिक रुपमा बढ्यो । बिरोध पछि सिमा क्षेत्रमा अलपत्र परेकाहरुलाई ढिलै भएपनि सरकारको निगरानीमा प्रबेश गराउन थालेको देखियो ।

संक्रमित संख्या भारत निकै बढेकोछ । कान्तिपर न्युजका अनुसार बिभिन्न स्थल नाका भएर एक हजारको हाराहारी मानिसहरु अहिले भारतवाट नेपाल फर्किने गरेकाछन् । ति मानिसहरु सबै १४ दिन क्वारेन्टाईन् र पोजेटिभ भएका संक्रमितहरु ७ दिन आईसोलेसनमा बस्नु वा बसाउनु अनिवार्य छ । नेपाल भित्रिएका मानिसहरु १४ दिन लक्षण देखिने समय क्वारेन्टाईन र सामाजिक दुरी कडाईका साथ पालना नहुदा लकडाउनका बाबजुद नेपालका बिभिन्न गांउ र शहरी क्षेत्रहरुमा संक्रमण देखिन थालेकोछ । अझै पनि यसमा कडाई नहुने हो भने भाईरस अनियन्त्रित रुपमा फैलिने सम्भाबना हुुन्छ । त्यसैले अब उनिहरुलाई क्वरेन्टाईनमा राखेर उष्मायन समय (incubation period) सम्म अनुगमन गर्न पर्दछ । तर एकले अर्कोमा संक्रमित हुन सक्नेमा सजगता अपनाउन आबस्यक छ ।

अर्को तर्फ यो कोरोना कहरमा अरु देशहरुमा रहेका नेपालीहरु पनि आफ्नो देश फर्कन आतुर अबस्य छन् । यसमा प्राथमिकता तोकि सरकारले ब्यबस्थापन गर्न कदम चाल्नु पर्दछ । एकातिर उनिहरुवाट रोगको प्रकोप बढ्ने खतरा हुन्छ भने अर्कोतिर उनिहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने अन्योलता सरकारी पक्षमा बढेको देखिन्छ । हुन त यो महामारीमा जो, जुन देशमा छन्, त्यहि बिना भेदभाव सबैलाई खान बस्न र आबस्यकता अनुसार ओषधी उपचार गर्ने जिम्मेवारी सोहि देशको सरकारले लिएको हुन्छ र लिन पर्दछ । यो ब्यक्ती बिशेष र समुदायको समस्या होईन, यो महामारी हो । लकडाउनको मुल मर्म पनि जो जहा छ यो महामारी भरी त्यहि रहने भन्ने हो । यसवाट नै रोग नियन्त्रण गर्न सजिलो हुन्छ भनिन्छ ।

अहिले बिदेशमा मुख्यतया श्रम स्बिकृति सकिएर वा कुनै कारणले काम नगरी बसेका, बिध्यार्थी, बिरामी र भिजिटरहरु बढि समस्यामा परेका हुन सक्दछन् । ति मानिसहरुको ब्यबस्था गर्नु सरकारको कर्तब्य हुन आउछ । यसमा प्राथमिकता तोकी सरकारले उद्दार गर्न र उनिहरुलाई १४ दिन आईसोलेसनमा राख्न पर्ने हुन्छ । यसमा सरकारले राजनैतिक नाफा वा घाटाका को हिसाब भने गर्न हुदैन । जनताले तिरेको करले सरकार र यसका संयन्त्र चल्दछन् । जनतालाई पर्दा सरकारको आबस्यक सहयोग अपेक्षित हुन्छ । यो राज्यको अहम् कर्तब्यमा पर्दछ । राज्यले ऋण लिएर भनेपनि जनताको संकटमा सुरक्षा, उद्दार, खानपिनको प्रबन्ध र ओषधी उपचार ब्यबस्था गर्नु पर्दछ । जनता जिबित र स्वस्थ्य रहे फेरी उनिहरुको देश निर्माणमा योगदान हुन्छ नै ।

यदि अन्य कारणले राज्यले उद्दार गर्न नसक्ने अबस्थामा सम्बन्धित देशका राजदुताबास, एनआरएनए वा स्थानिय नेपाली सामुदायिक संस्था मार्फत समन्वय गरेर परिस्थिति र समस्या बुझि सहयोगको आबस्यकता पहिचान र सोहि अनुसार सहयोगको लागि समन्वय गर्नु उपयुक्त हुन्छ । सम्बन्धित देशका नेपाली सामुदायिक संघसंस्थाहरुले पनि यथार्थ परक भएर सुचना संकलन र सहयोग संकलन गरेर हस्तान्तरण गर्न तदारुकता देखाउन पर्दछ ।

सरकारले दैनिक मजदुरी गरेर खानेहरुको ब्यवस्थापन गर्न अति जरुरी छ । यो बर्गमा आफै मात्र नभै घरमा दुखी, असाय, बिरामी र केटाकेटीहरु आश्रित हुन सक्दछन् । त्यसमा पनि सरकारको ध्यान पुग्न जरुरी देखिन्छ । दैनिक ज्यालादारी गर्नेका लागि सरकारले सम्बन्धित स्थानिय निकायहरुले विकास निर्माणका काम लगाएर ज्याला दिने वा काम गर्न नचाहाने वा नसक्नेलाई दैनिक ज्यालाको २५% रकम उपलब्ध गराउन स्थानिय स्तरमानै प्रदेश र केन्द्रिय सरकार समेतको सहयोग कोषको ब्यबस्था पनि गरेको देखिन्छ । यस ब्यबस्थाले सबै मजदुरी गरेर खाने लाई काम मिलेको, नमिलेको र तिनका परिवारलाई राहत पुग्न सकेको छ कि छैन यकिन गर्न र आबस्यक परे र लामो समय लकडाउन जाने अबस्था भएमा राहत ब्यबस्थालाई पुनराबलोकन गर्न जरुरी छ । यसवाट भाईरस नियन्त्रण गर्न र लोक कल्याणकारितामा सहयोग पुग्दछ ।

लकडाउन भन्नाले आफु जहा बसोवास छ त्यहि घरमा बस्ने र आफ्नो बासस्थान वाट अर्जेन्टमा बाहेक बाहिर ननिस्कनु नै हो । यदि जो कोही कोहि लकडाउनको समयमा वाहिर निस्कन्छ, निजि वा कुनै बाहान प्रयोग गरि एक ठाउ वाट अर्को ठांउमा गएमा, यो लकडाउनको बर्खिलाप हो । लकडाउनमा असक्तहरुलाई आबस्यक सेवाहरु राज्यले उपलब्ध गराउन पर्दछ । अहिले लकडाउनको राम्रो पालना नभएको कारणले नै नेपालमा संक्रमण फैलन थालेको देखिन्छ । यस अबस्थामा अनुमती प्राप्त आकस्मिक सेवा वाहेक यात्रा गर्न हुदैन । यसमा शक्तीको नजिक वा टाडा भनेर फरक सुबिधा दिन वा पाउन हुदैन ।

जुनसुकै देश वा ठांउवाट आएको होस् जबसम्म यात्रा गर्ने वा संक्रमण भएको ब्यक्तीको प्रतक्ष्यरुपमा बुंद (droplets) सार्ने मनसाय राखेर ब्यवहार गर्दैन यसमा उसको कुनै कसुर हुदैन । अहिले समाजमा त्यस्ता संक्रमित ब्यक्तिहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने गरेको पनि देखिन्छ । कतिपय आदत र प्रबृत्तीको कारण पनि ब्यक्तीले रोग अरुलाई संक्रमित गरिरहेको हुन्छ तर उसलाई थाहा हुदैन । लकडाउन र संक्रमण माध्यमको अबरोध, एकान्तवास र स्वासप्रस्वास समस्यामा समयमानै उपचार सहयोग नै यस भाईरसवाट बच्ने महत्वपुर्ण उपायहरु हुन् । यो भाईरसले एम्युनटी शक्ती कम भएका बर्ग: दिर्घ रोगी र बृद्धबृद्धाहरुमा द्रुत संक्रमण र बढि असर गरेको देखिन्छ । यस्ता मानिसहरुसंग सम्पर्कमा आउने स्वास्थ्यकर्मी र केयरकर्ताले अनिवार्यरुपमा उपयुक्त पिपिई प्रयोग गर्न र थप सजगता अपनाउन पर्दछ । यसवाट मृत्युदर घटाउन मद्दत गर्दछ । नियमित पिपिईको उपलब्धताको जिम्मेवारी सरकारले लिन पर्दछ ।

नेपालमा पिपिई खरिद सम्बन्धी बिवाद, निर्णयमा ढिलासुस्ती र पैसाको खेलको आसंकाका कारण समयमा आबस्यक पर्ने पिपिई आपुर्ति कमजोर भयो जसका कारण शुरु शुरुमा स्वास्थ्यकर्मीहरुको मनोबल कमजोर हुन गयो। अहिले सरकारले यो जिम्मा सैनिक लाई दिएपछि अस्थाईरुपमा हल भएको देखिन्छ । अहिले सुरक्षित कोरोना परिक्षण र आकस्मिक सेवा र राष्ट्रिय सुरक्षामा खटिनु पर्ने सेना पिपिई किन्नमा ब्यस्त रहनु त्यती उचित भने देखिदैन । सरकारले यस्ता बस्तुहरु छिटो र छरितो रुपमा गुणस्तरिय बस्तु ब्यापारिक माध्यमवाट नै खरिद गर्ने गर्नु पर्दछ भने यस्ता नियमित चाहिने अत्यबस्यक बस्तुहरु आफ्नै देशमा उत्पादन गर्ने ब्यबस्था मिलाउदै जान जरुरी हुन्छ ।

कोरोना ब्यबस्थापनमा सुचना र संचारको भुमिका ठुलो हुन्छ । सरकारले केन्द्रिय हेल्पलाईनको ब्यबस्था गरेको छ । जसमा कोरोना सहयोगको लागि १११५ वा ११३३ र एम्बुलेन्स सेवाको लागि १०२ मा डायल गर्नु पर्दछ । यसबाट धेरै परामर्श लिन सकिन्छ तर यो हेल्प सेन्टरको क्षमता, प्राबिधिकहरुको ब्यवस्था र सुचना संकलन ब्यवस्था सुदृढ पारिनु पर्दछ भने यसमा ईमर्जेन्सीका लागि एकिकृत सेवाहरु यसैमा समन्वय गराउन पर्दछ । देश भरिमा हवाई र स्थल दुबै एम्वुलेन्स सेवाहरुलाई तैनथ गर्नु पर्दछ । कुनै कन्फ्युजन नरहने गरि एउटै हेल्पलाईन वाट आबस्यक सेवाहरु पाउने ब्यबस्था गर्न जरुरी छ । ठाउ ठांउमा तैयारी खाना बनाएर वरपर लकडाउनका कारण समस्यामा परेका र क्वारेन्टाइनमा वा आईसोलेसनमा बसेकाहरुलाई उपलब्ध गराउन युवा युवती रहेको भोलेन्टियर सेवाका लागि ब्यवस्था र प्रोत्साहन गर्न पर्दछ । छरछिमेकमा Covid 19 का बिरामीलाई थप संक्रमण हुन नदिई सहयोग गर्न र आबस्यक परे अस्पताल पुर्याउन स्थानिय युवाहरुलाई तालिमको आयोजना गर्न पर्ने देखिन्छ ।

यो भाईरस नया भएकाले धेरै कुराहरुमा अन्योलता नै छ तर पनि अरु देशहरुले कसरी ब्यबस्थापन गरिरहेकाछन् भन्ने हेर्न पर्ने हुन्छ र त्यहि आधारमा साधन स्रोत दुरुपयोग नहुने गरि काम गर्नु पर्दछ । नेपालले यो भाईरस टेष्टको लागि शुरु शुरुमा आरडिटी (Rapid Diagnostic Test Kit) र पिसिआर दुबै अपनायो । छिटो र सरल हुने भएकाले र्यापिड टेष्टलाई प्रयोग गर्यो । यसको बिश्वस्नियतामाथी धेरै प्रतिकृया र बिरोध पछि भने पिसिआर (Polymer Chain Reaction) लाई जोड दिन थालेको देखिन्छ । Covid 19 भए नभएको जाच्न पिसिआर पद्दती बढि बिश्वस्निय छ भन्ने देखिएकोले यसैलाई मात्र प्रयोगमा ल्याउन पर्दछ । यसवाट श्रोत दुरुपयोग पनि रोकिने र रिपोर्टमा पनि बिश्वशनियता हुन्छ । यसवाट संक्रमण नियन्त्रणमा सहयोग पुग्दछ । यो टेष्ट संकलन गर्न स्वास्थ्यकर्मीहरुवाट यदि कठिन हुदै गएमा बेलायतमा जस्तै युवा सैनिकहरुलाई प्रयोग गर्न सकिन्छ । यो टेष्ट सैम्पल लिदा साबधानी र उचित तरिका दुबै कुरालाई ध्यान दिन जरुरी छ । साबधानी नभए आफै संक्रमित हुने डर हुन्छ भने उचित तरिका प्रयोग नभए सैम्पलमा प्रदुषित हुन सक्ने र सहि रिपोर्ट नआउन सक्दछ । यसवाट हुने परिणाम झन डरलाग्दो हुन जान्छ ।

अर्को पक्ष, मानिसहरु एकान्तमा बस्न पर्ने भएकाले बरु कसैलाई नभन्ने वा परिक्षण गर्न पनि नजाने हुन्छन् । लक्षण देखिए पनि सजगता नअपनाउनु सामाजिक अपराध हो जसमा कारण कसैको ज्यान जान सक्छ भन्ने जानकारी सबैमा पुग्न जरुरी छ । यस अबस्थामा सरकारले पैसा तिरेर प्राईभेटरुपमा टेष्ट गर्न सक्ने भनेको कुरा पनि बाहिर आए । यो रोगको उपचार नै नभैरहेको अबस्थामा सर्वसाधारण पैसा तिरेर टेष्ट गर्न जान्छन् भन्ने आशा गर्नु भाईरस नियन्त्रण गर्ने उचित रणनिति हैन । यो भाईरस नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो र यसमा सहयोग पुर्याउनु जनताको कर्तब्य हो । लक्षण देखिएका, कुनै कारणबस वाहिर निस्केका र संक्रमित संग सम्पर्कमा आएका सबै मानिसहरुलाई खोजेर टेष्ट गर्न र यदि सम्पर्क भए एकान्तमा बस्न सल्लाह दिनु पर्दछ ।

साधारणरुपमा जब बिरामी हस्पिटल वा नर्सिङ होममा भर्ना हुन्छ, त्यहा covid 19 टेष्ट गर्नु पर्दछ भने हस्पिटल बाहिर पनि माथी भनिए झै टेष्ट हुन पर्दछ । यदि टेष्ट गरिएका मानिसहरुमा नेगेटिभ आएमा त केहि भएन यदि पोजेटिभ आएमा ति मानिसहरुलाई ७ दिन सम्म आईसोलेसनमा राख्न वा बस्न पर्दछ । यदि स्वास्थ्य स्थिति बिग्रेमा हस्पिटल सेवामा पुर्याउन पर्दछ । सामान्य असर देखिएकाहरुमा संक्रमण भएको ७ दिन पछि शरिरले एन्टिबडी बनाउने भएकोले अरुमा संक्रमित हुदैन भनिन्छ । त्यसैले बेलायतमा त्यस्तो मानिस शारिरिकरुपमा सक्षम भए ७ दिन पछि काममा फर्कन सक्दछन् भनिएकोछ । तर संक्रमित संग सम्पर्कमा आएका मानिसमा लक्षण नदेखाए पनि १४ दिन सम्म एकान्तमा मा बस्न पर्दछ ।

नेपालमा कोरिन्टाईन वा एकान्तमा बसेका मध्येका मानिसहरुको मृत्यु हुन पुगेको भनिएकोछ । अन्य मुलुकमा बृद्धबृद्धा र दिर्घ रोगी भएकाहरुको मृत्यु संख्या बढि भएको मा नेपालमा त्यो स्थिति भन्दा फरक अहिले सम्म मृत्यु भएकाहरु युवा अबस्थाका रहेका बुझिएको छ । यसमा फरक हुनुको कारण पत्ता लगाएर त्यसमा सजग हुन जरुरी छ । उनिहरुको एम्युनिटी क्षमता कम भएको, रोग लागि सकेपछिको खानपान, वाताबरण र समयमा स्वास्थ्य सेवाको अभावकै कारण भएको हो कि अरु कुनै कारणले हो, थाहा पाउन जरुरी छ । कोरोना बिरामीले प्रसस्त खानेकुराहरु, शुद्ध खानेपानी र सुष्क वाताबरणमा सफा कपडारु प्रयोग गर्नु पर्दछ । खान र पानको कमिले शरिरमा रोग बिरुद्ध लड्ने शक्ती कमजोर हुने र अध्यारो, चिसो, ढुसी लागेको ठाउमा बस्दा, ढुसी युक्त कपडा लगाउदा वा ओड्दा यो छातीको रोग भएकोले झन् बढि असर गर्ने हुन सक्दछ । त्यसकारण टेष्ट रिपोर्ट पोजिटिभ देखिएका र क्वारेन्टाइनमा बसेकाहरुको अबस्थाको नियमित अनुगमन गर्नु र आबस्यकता बमोजिम सेवा उपलब्ध गराउन जरुरी छ ।

सरकारले १११ बटा अस्पतालहरुलाई कोरोना उपचारको लागि पहिचान गरेकोछ । यि अस्पतालहरु मा भैरहेको उपचार र बेड उपलब्धता सम्बन्धी केन्द्रिय कोरोना कल सेन्टर संग समन्वय हुन जरुरी छ अन्यथा हस्पिटल खोज्दाखोज्दै बिरामीको मृत्यु हुन सक्दछ । अर्को पक्ष अहिले त बिरामीको संख्या कम छ संक्रमण नियन्त्रण भन्दा बाहिर गएमा हस्पिटलहरुमा बिरामीको चाप बढ्ने र पछिल्ला बिरामहरुले सेवा नपाउने हुन सक्ने डर हुन्छ । ईटलीमा त्यस्तै भएको कारण धेरै मानिसहरुले छोटो समयमा ज्यान गुमाए ।हस्पिटलमा चाप कम गर्न पोजेटिभ बिरामीलाई पनि एकान्तमा बस्न लगाउने र स्वास्थ्य स्थिति अनुगमन गरिरहने गर्नु पर्दछ । सिबियर केसहरु द्रुत गतिमा स्वास्थ्य बिग्रने भएकाले तुरुन्त आईसियु सेवा जरुरत हुन सक्दछ । यदि समयमा उचित सेवा नपाएमा मानिसको मृत्यु हुन सक्दछ । जब स्वासप्रस्वासमा समस्या आउछ उनिहरुलाई तत्काल हस्पिटल सेवाको आबस्यक पर्दछ । बढिमा १-२ घण्टा भित्र नै उक्त स्वस्थ्य सेवा केन्द्रमा पुर्याउने ब्यबस्था गर्नु पर्दछ । कोरोना बिरामीहरुलाई भेन्टिलेटर सहितको आईसियु सेवा जरुरत पर्न सक्दछ । त्यो सेवा त्यहि नजिकको हस्पिटलमा उपलब्ध हुन जरुरी छ ।

नेपालमा ढिलो संक्रमण भएको कारण सरकार संग यि सेवाको तैयारी गर्ने प्रसस्त समय थियो । यि कुराहरुमा अझै तैयारी आबस्यक छ भने यथा सिध्र गर्न जरुरी छ । संक्रमितहरुको बृद्धी भैरहेको संख्या बुझ्दा भ्यानटिलेटर सहितको हस्पिटल बेडहरुको थप प्रबन्ध जरुरत हुन सक्दछ । मानिसहरु भ्यान्टिलेटर सुबिधाको अभावको कारण मृत्यु हुन हुदैन । हस्पिटल र एम्बुलेन्स सेवाका स्वास्थ्यकर्मीहरु आफै संक्रमित हुन सक्ने र अरुलाई पनि सार्न सक्ने सम्भावना बढि भएकाले सेवामा संलग्न स्वास्थ्यकर्मीहरुलाई पिपिई कमी हुन दिन हुदैन र लक्षण देखिएमा स्वास्थ्यकर्मी ७ दिन एकान्तमा बस्न जरुरी छ । हस्पिटल बेडमा चाप बढ्ने अबस्थामा अर्जेन्ट नभएका अन्य स्वास्थ्य सेवाहरु बन्द गरेर भए पनि यो महामारी संक्रमितहरुको ओषधी उपचार गर्ने ब्यबस्था गर्नु पर्दछ ।

यसरी नेपालमा दिनानु दिन बढ्दै गईरहेको कोरोना संक्रमणले मुलुक भित्र र वाहिर बस्ने सबैलाई चासो र चिन्ता बढाएकोछ । लकडाउनलाई पुर्ण पालना, न्युन आय भएका श्रमिकहरुलाई जिबिका धान्ने ब्यवस्था, क्वारेन्टाइन र एकान्त बस्ने प्रकृयालाई पुर्ण पालना, प्रभावकारी अनुगमन प्रकृया, पिपिईको उचित ब्यबस्था, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी र भोलेन्टियरहरुलाई अनलाईन तालिम र हौसला, तथ्य सुचनाको प्रवाह र हस्पिटलमा आबस्यकता अनुसार समन्वयात्मक र सुरक्षित आईसियु सेवा प्रदान गरेमा यो महामारी वाट कम मानविय क्षति हुने देखिन्छ ।

डा पुरुषोत्तम पौडेल

49 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

चर्चित नृत्य निर्देशक शिव बिकको स्वरमा

5 घण्टा अगाडि

२०७८ सालको बार्षिक राशिफल

5 घण्टा अगाडि

आजको राशिफल बि.सं. २०७८ साल बैशाख

5 घण्टा अगाडि

आजको राशिफल (नया बर्ष) वैशाक १

10 घण्टा अगाडि

(कति जना थपिए हेर्नुहाेस्) – दुखद

10 घण्टा अगाडि

बाउआमालाइ घर निकाला गर्ने डाक्टरको टेकु

10 घण्टा अगाडि

मेरो बाउआमा म आफै पाल्छु भन्दै

10 घण्टा अगाडि

अपांग छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो,

11 घण्टा अगाडि

चर्चित नृत्य निर्देशक शिव बिकको स्वरमा

5 घण्टा अगाडि

२०७८ सालको बार्षिक राशिफल

5 घण्टा अगाडि

आजको राशिफल बि.सं. २०७८ साल बैशाख

5 घण्टा अगाडि

आजको राशिफल (नया बर्ष) वैशाक १

10 घण्टा अगाडि

(कति जना थपिए हेर्नुहाेस्) – दुखद

10 घण्टा अगाडि

बाउआमालाइ घर निकाला गर्ने डाक्टरको टेकु

10 घण्टा अगाडि

मेरो बाउआमा म आफै पाल्छु भन्दै

10 घण्टा अगाडि

अपांग छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो,

11 घण्टा अगाडि

चर्चित नृत्य निर्देशक शिव बिकको स्वरमा

5 घण्टा अगाडि

२०७८ सालको बार्षिक राशिफल

5 घण्टा अगाडि

आजको राशिफल बि.सं. २०७८ साल बैशाख

5 घण्टा अगाडि

आजको राशिफल (नया बर्ष) वैशाक १

10 घण्टा अगाडि

(कति जना थपिए हेर्नुहाेस्) – दुखद

10 घण्टा अगाडि

बाउआमालाइ घर निकाला गर्ने डाक्टरको टेकु

10 घण्टा अगाडि

मेरो बाउआमा म आफै पाल्छु भन्दै

10 घण्टा अगाडि

अपांग छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो,

11 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)166K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)118K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !78K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)70K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • (कति जना थपिए हेर्नुहाेस्) – दुखद खबर : आज नेपालमा...

  • १९ विधामा थपेर गीतसंगीतमा ५१ वटा विश्व किर्तिमानी कायम गदै...

  • सिरुवा पर्व र बगाह चौधरी महाराजाथानको हेरिटेज

  • हिरासतभित्रै प्रहरीले चरम यातना दिएको आरोप, यातना बाट मृगौलामा समस्या

  • सर्प बिज्ञ प्रेमले यसरि पक्रनु पर्छ सर्प भनेर सिकाउँन खोज्दा...

  • खानेकुरा बोकेर ग्राहकको घरसम्मै पुगिन् ज्योति

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT