नेपालको संसदभित्र भारतीय चेलीको दादागिरी बढेको आरोप, को हुन् संसदभित्रै दादागिरी देखाउने ? (भिडियो)

काठमाडौं । सत्तारुढ नेकपाकी सांसद गंगा चौधरी सत्गौंवाले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गर्दै समाजवादी पार्टीकी सांसद सरिता गिरिमाथि प्रहार गर्नुभएको छ ।

प्रतिनिधिसभाको सून्य समयमा बोल्दै सांसद चौधरीले नेपाली भूमि मिचाहासँग सल्लाह गरेर मात्र नक्सा छाप्नुपर्ने भन्ने अभिव्यक्तिलाई दादागिरीको संज्ञा दिनुभयो ।

सांसद चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीका सपना र योजनामा प्रश्न उठाउनेहरुलाई भारतीय गुप्तचर एजेन्सी रअ का एजेन्टको संज्ञा दिनुभयो । सरकारले देशको हितमा काम गर्न खोज्दा सबै शक्ति लगाएर असफल पार्न खोजिने गरेको सांसद चौधरीको आरोप छ ।

केही दिनअघि संसदमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले एकतर्फी रुपमा सरकारले नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतसँग छलफल गरेरमात्र अघि बढ्न सुझाव दिनुभएको थियो । नेकपा सांसद चौधरीले आज त्यसैको जवाफ दिँदै गिरिमाथि प्रश्न उठाउनुभएको हो ।

भिडियो :