सबैभन्दा पहिले चीनले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने

एजेन्सी । कोरोना भाइरसको महामारी विरुद्ध लड्नका लागि भ्याक्सिनको विकास गरेको छ । तर यो भ्याक्सिन यो वर्षको अन्तिमसम्ममा प्रयोगमा आउने चिनियाँ अधिकारीहरुले बताएका छन् । जहाँबाट सुरु भएको थियो, त्यहीँबाट सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

न्युयोर्कटाइम्सका अनुसार चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिसनले यो वर्षको अन्तिमसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा आउने सम्भावना रहेको जनाएको छ । अहिले भ्याक्सिन परीक्षणकै क्रममा छ । परीक्षणमा अहिलेसम्म राम्रो सफलता प्राप्त भएको छ ।

कमिसनले शनिबार सामाजिक सञ्जाल विच्याटमार्फत चीनमा बनेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन यो वर्षको अन्त्यसम्म बितरणका लागि बजारमा आइसक्ने जनाएको थियो । वुहान इन्स्टिच्युट अफ बायलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले दुई हजार जनामा यो भ्याक्सिन परीक्षण गरिसकेका छन् ।

चीनले अहिलेसम्मको सफलतालाई आधार मानेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुमै बजारमा वितरण भइसक्ने अनुमान गरेको छ । अहिले मानिसमा प्रयोगको परीक्षण दोस्रो चरणमा पुगेको छ । संसारका अन्यदेशमा भन्दा चीनमा भ्याक्सिन बन्नेमा सफलता प्राप्त भएको छ । (नागरिकखबर बाट साभार)