११५ बर्षकी हजुरआमाको मीठो कुराकानी सुन्न छुट्ला है

बिसं १९६२ मा स्याङ्जामा जन्मेर हाल सर्लाही बसोबास गर्नुहुने ३ छोरी र १ छोराका आमा १ सय १५ वर्षीया पून्यशिला उपाध्यायका अझै पनि तर्क सहित राम्ररी कुराकानी गर्न सक्ने हैसियत राख्नुहुन्छ । उहाँका कान्छो छोरा भवानीशंकर नै ७५ वर्षका छन जस्का दुई छोराको उमेर ४४ नाघिसक्यो भने जेठी  दिदीको चौरासी गरेको पनि ९ वर्ष भैसक्यो । सबैकी प्यारी १ सय १५ वर्षीया पूर्णशिला देशकै ज्येष्ठ नागरिकमध्येकै एक मात्रै नभएर त्यो उमेरमा पनि स्वास्थ्यका दृष्‍टिकोणले त्यत्ति नराम्रो भन्न नस्किने अवस्थामा हुनुहुन्छ – देख्न सक्ने र अलि ठूलो स्वरले बोल्दा सुन्न सक्ने क्षमता राख्नुहुन्छ र रमाइला तर्क सहित कुराकानी गर्ने गर्नुहुन्छ ।

जुटपानीस्थित पद्मभुवनेश्वरी वृद्धाश्रमले ४ बर्ष अघि २०७३ बैशाखमा ८० वर्ष नाघेको ७ वृद्धालाई विशेष सम्मान गर्ने क्रममा प्रजिअ मेघनाथ काफ्लेले प्रत्येकलाई ५ हजार नगद प्रदान गरी दोसल्ला ओढाउँदा पूर्णशिलाले भने पैसा लिन चाहिनन् र तत्कालै आश्रमलाई दान गरिन् ।

‘आश्रम वृद्धवृद्धालाई खानबस्न मात्र होइन,’ कोइरालाले भने, ‘ज्येष्ठ नागरिकको सम्मान गर्न पनि शुरु भएको अभियान हो ।’ आश्रममा जन्मदिन, विवाह वार्षिकोत्सव जस्ता अवसरमा खुसी मनाउन आउने समेत बढेका छन् ।

पून्यशिलाका श्रीमान १०१ बर्षको उमेरमा बित्नु भएको थियो ।

श्रोत: रामकुमार श्रेष्ठ @Ramkshrestha

उहाँका केही रमाइला कुराकानी यो भिडियोमा सुन्न सक्नुहुन्छ