यस्तो छ प्रचण्ड हिडेको नेपालको गुरिल्ला ट्रेल (भिडियो सहित)

मुलुकमा एक दशक चलेको सशस्त्र युद्धको समयमा माओवादी छापामारहरुले प्रयोग युद्ध मार्गलाई गुरिल्ला ट्रेलका रुपमा निर्माण गरिएको छ । जनयुद्धको समयमा माओवादी छापामारहरुले प्रयोग गरेको बाटो, तालिम स्थल, नेपालको राजनीतिमा प्रभाव पार्ने निर्णय गरिएका बैठक स्थल र युद्ध सामग्रीहरुलाई समावेश गरेर गुरिल्ला पदमार्ग निर्माण गरिएको हो ।

बाग्लुङ, म्याग्दी, रुकुम र रोल्पा जिल्लालाई समेटेर निर्माण गरिएको गुरिल्ला ट्रेलले नेपालको पर्यटन उद्योगमा नवीनता र मौलिकता थप्ने विश्वास लिइएको छ । म्याग्दीको वेनीबाट सुरु हुने गुरिल्ला पदमार्ग ढोरपाटन, पूर्वी रुकुमको तकसेरा, लुकुम, काँक्रे, क्याङ्सी, महत, चुनवाङ, सिस्नेलगायतका क्षेत्रलाई समेटेर गुरिल्ला पदमार्ग निर्माण गरिएको हो ।

गुरिल्ला पदमार्गलाई जनयुद्धको अध्ययन गर्ने गतिलो माध्यम बन्ने विश्वास लिइएको छ ।

गुरिल्ला पदमार्गका बारेमा बिस्तृत जानकारी लिन यो भिडियो हेर्नुहोला ।