आज जेठ १७ गतेको राशिफल हेर्नुहोस् पाथिभारा माताले हामी सबिको कल्याण गरुन !

आज श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ १७ गते शनिबार इश्वी सन २०२० मे ३० तारीख ज्येष्ठ शुक्ल पक्ष अष्टमी तिथी पूर्वफाल्गुनि नक्षत्र हषणं योग भद्रा करण चन्द्रमा सिहं राशिमा आनन्दादि योगमा लुम्ब योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु अष्टमी व्रत गोरखकालीपूजा वायु अष्टमी (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मान्यजनहरुको मार्गदर्शन अबलम्बल नर्गनाले गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुने साथै आम्दानिका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । स्वास्थमा समेत साधारण समस्याको सामना गर्नु पर्ला पर्ने दिन रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ । मित्रजनहरु सगँको अधिक निकटताका कारण सामान्य अपजसको सामना गर्नु पर्ने समय रहेकोछ । मान सम्मानमा आचँ आउन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन । ब्यापार ब्यवसायमा नयाँ लगानिका साथमा जुट्न उत्तम समय रहेकोछ । बल तथा पराक्रममा बृद्धिहुनाले अधुरा कार्यहरु सुचारु गर्न समय राम्रो रहेकोछ । यात्रामा सामान्य तनाबको सामना गर्नुपर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ । आफन्तजनहरु बिच सामान्य मन मुटाबको सम्भाबना रहनेछ । कार्य क्षेत्रमा बिशेष गोपनियताको आवश्यक रहनेछ । अधिक लगानि मुलक कार्यमा हात नहालेकै बेशहुनेछ । अपेक्षीत प्रतिफल प्राप्त नहुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शारिरीक अस्वस्थाका कारण सम्पादित कार्यको प्रतिफल अपेक्षीत नरहला । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन । मान्यजनहरुको साथसहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको सहयोग उत्तम रहनेछ । भौतिक साधको प्रयोगमा साबधानि अपनाउनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) लगानिको प्रतिफल तत्काल प्राप्त नहुन सक्नेछ । परिवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । कार्यसम्पादन गर्नका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । मनोरञ्जनमुलक कार्यका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । गरीरहको कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) रचनात्मक कार्यका क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । बौधिक ब्यक्तित्वहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । सामाजिक कार्यको बिशेष दायीत्व हात लाग्नेछ । भुमितथा वहान शुख प्राप्त रहनेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्राकारक दिन रहेकोछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा सामान्य खर्चको योग रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा भने समय उत्तम रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नयाँकार्यको थालनिमा मन प्रशन्न रहनेछ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । रोकिएर रहेको कार्यहरु सुचारु गर्न समय उत्तम रहनेछ । भौतिक साधको प्रयोगमा भने बिशेष साबधानि अपनाउनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । यात्रामा सामान्य तनाबको सामना गर्नुपर्नेछ । कार्यसम्पादन गर्नका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ ।