त्रिनगर नाकाबाट एकै दिनमा चार हजार ७ सय ९४ जना नेपाली भित्रिए

वीरेन्द्र रावल,

धनगढी,जेठ १४÷भारतले रेल वे र बस सेवा सञ्चालन गरे संगै भारतबाट नेपाल आउने नेपालीहरुको संख्या दिनानु दिन बढ्दै जान थालेको छ।

मंगलबारका दिन दुई हजारको संख्यमा मानिसहरु नेपाल भित्रिएकोमा त्यसको भोली पल्ट अर्थात बुधबार साँझ सम्म भारतका विभिन्न स्थानबाट चार हजार ७ सय ९४ जना नेपालीहरु नेपाल भित्रिएका छन्।

उनिहरु भारतीय क्षेत्र गौरीफन्टा हुँदै कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल भित्रिएका हुन।

स्थानिय प्रशासनको समन्वयमा बुधबार पनि उद्धार गरिएको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनु भएको छ । उहाँका अनुसार बुधबार मात्रै चार हजार ७ सय ९४ जना नेपाली नेपाल भित्रिएका छन्।

ठूो संख्यामा नेपाल आएका उनिहरुको नत आरडिटी चेक जाँनै गरिएको छनत उसनहरुलाई सामाजिक दुरी कायम गर्न सकिएको थियो।

हुलका हुल साँझ बजे सम्म उनिहरु गौरीफन्टा नाका भएर नेपाल भित्रिएका छन् । उनिहरुको कसैको पनि परीक्षण हुन नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताउनु भयो । भारतको महाराष्ट्रबाट नेपाल आएका कैलाली जिल्ला मोहन्याल गाउँपालिका वडानम्बर ७ बढीगाउँका नमराज खनालले भने सीमानाकामा कुनैपनि चेक जाँच गरिएको थिएन । हुलका हुल मानिसहरु संगै मिसिएर आउनु परेको थियो । बुधबार ४७ सय बढिको उद्धार भएसंगै कैलालीको त्रिनगर नाकाबाट जेठ महिनाका १० दिनको अवधीमा २४ हजार बढि नेपालीको उद्दार गरिएको छ। भारतका विभिन्न क्षेत्रबाट फर्किएर सीमा नाकामा अलपत्र परेका २४ हजार तीन सय ४२ जनाको उद्दार गरिएको हो। बैशाख २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार ११, १० गते एक हजार नौँ सय ५९, ११ गते तीन हजार नौँ सय ६४, १२ गते दुई हजार दुई सय २७ र १३ गते ५ हजार दुई सय ४२ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बताउनु भयो।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नेपालीको र्रुयापिड टेस्ट गरिएको थियो। उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो। तर ७ गते आएका ८ सय ५८ जनालाई र्रुयापिड टेस्ट समेत नगरी गाउँ पठाईएको थियो । ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ। यस्तै ९ गतेदेखि १४ गतेसम्म आएका कसैको पनि ¥यापिड टेस्ट समेत गरिएको छैन्। भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ।

तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १४ दिन क्वारेन्टाइनमा राखेपछि उनीहरुको परीक्षण हुने बताउनु भयो।