डिथ्री अनलाईनको पहलमा ईटहरीका ५ बिपन्न परिवारलाई होप धरानले गर्यो खाद्यान्न वितरण

ईटहरी/ विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण अन्य देशहरु झैँ यतिबेला नेपाल पनि लकडाउनमा रहेको छ । पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढिरेहेको छ भने लकडाउन पनि अनिश्चित बन्दै गैरहेको छ । यस्तो अवस्थामा देशका जनताहरुको घरमा चुलो निभ्न थालेको छ । जुन परिस्थितिलाई अलिकति भएपनि राहत पुर्याउने उद्देश्यले डिथ्री अनलाईनको पहलमा राहत वितरणको कार्य सुरु भएको छ । ज्याला मजदुरी गर्ने नेपालीहरुको लागि यतिबेला लकडाउन सबैभन्दा ठुलो सत्रुको रुपमा खडा भएको छ ।

बिहान बेलुका खानको लागि धौ धौ परिरहेको प्रदेश १ सुनसरी ईटहरिको बालग्राम अवस्थित ५ परिवारलाई अनलाईनको पहलमा होप धरानद्वारा खाद्यान्न वितरण गरिएको हो । सो राहत जेठ १२ गते वितरण गरिएको हो भने चामल, तेल, दाल, मटर, तरकारी, मसला, न्युटला, चाउचाउ, साबुन (नुहाउने, भाडा माझ्ने), हेर्लिक्स, जुस लगायतका खाद्यन्न झन्डै १५ दिनसम्म पुग्ने बितरण गरिएको हो । साथै, बच्चा गर्भमा हुर्काईरहेकी एक महिलाको अवस्थालाई मध्यनजर गर्दै विशेष सामग्रीहरु पनि बितरण गरियो । अञ्जना थापाको संयोजनमा खाद्यान्न संकलनको लागि धरानबाट शिक्षा पलिखे, सैद्र पलिखे, प्रमिला शाक्य तामाङ्ग, लियोन्स क्लब अफ क्यालिबर, धरानका अम्बिका श्रेष्ठ, कविता राई, शिखा चेम्जोङ्गले सहयोग गरेका थिए ।

त्यस्तै, ईटहरिका बिष्णु सिटौला, स्मृति शाक्य भट्टराई, निर्मला नेपाल, अप्सरा खरेलले पनि आर्थिक सहयोग गरेका थिए । यस्तै घरभाडा समेत तिर्न नसकेर घरबेटिबाट समस्यामा परेका एक परिवारलाई नगद समेत सहयोग गरिएको छ । जसको लागि व्हाईट हाउस होटल म्यानेजमेन्ट कलेज, धरानका संचालक तथा फिल्म निर्देशक अरुण प्रधानले सहयोग गरेका थिए । उक्त सहयोग वितरण कार्यक्रममा होप धरानका अध्यक्ष निश्चल पलिखे, सदस्य तथा कार्यक्रम संयोजक अञ्जना थापा, डिथ्री अनलाईनका प्रबन्ध निर्देशक सुवास संकल्प श्रेष्ठ तथा सीईओ सुस्मिता श्रेष्ठ उपस्थित रहेका थिए ।