पोखराको सेतीमा २ दिनमा २ श व भेटिए, किन खस्छन् बारम्बार मान्छे सेतीमा ? (भिडियो)

करिब डेढ महिना अघि माछा मार्न गएका अमृत थापा सेतीमा बेपत्ता भएका थिए तर उनको श व नदिमै तैरिरहेको अवस्थामा फेला पर्यो । अमृतको शव फेलापरेको भोलिपल्टै फेरी हातखुट्टा धुने क्रममा चिप्लीदा एक जनाको मृत्यु भएको छ । बिहान ११ बजे पोखरा महानगरपालिका–१ गाइघाट स्थित सेती नदीमा किनारमा हातखुट्टा धुने क्रममा चिप्लीदा एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदीमा किनारमा हातखुट्टा धुन गएका स्थानीय शान्तिचोकका ६५ बर्षीय मान बहादुर परियारको चिप्लिएर नदीले बगाउदा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए । नदीले बगाएको थाहा पाएपछि उनको उद्धार गर्ने क्रममा नदी खोचमा मृ त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पोखराको सेती नदिमा २ दिनमा २ श व फेला परेका छन् । कसरी सेतीमा खसेकाहरुको श ब निकालिन्छ हेनुहोस् पुरा भिडियो ।