इनासद्धारा विस्वब्यापी गायन तथा नृत्य प्रतियोगिता आयोजना

अतिरिक्त क्रियाकलाप लगायत सबै क्षेत्रका गतिविधिहरु समेत बन्द प्राय: अबस्थामा रहेको अहिलेको परिस्थितिमा अनलाइनबाट नै भएपनि कतिपय नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृयाकलापहरुलाई निरन्तरता दिने प्रयासहरु पनि भैरहेका छन् र त्यस्कै अंशको रुपमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) द्वारा विस्वब्यापी रुपमा अनलाइन मार्फत नेपाली गायन र नृत्य प्रतियोगिता आयोजना गर्दैछ विस्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको बेलामा पनि ।

यसै परिप्रेक्षमा नेपाली कला संस्कृतिको विश्वव्यापी संरक्षण, संवर्द्धन कार्यहरुका साथै कलाकारहरुलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गरि कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाले समेत आफ्नो कार्यक्रमलाई नियमित राख्दै विश्वव्यापी रुपमा अनलाइन नृत्य तथा गायन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । यस सन्त्रासको घडिमा हामीले आफ्नो आत्म -बल उच्च राख्नुपर्छ र यसका लागि मन खुसि र शरीर स्वास्थ्य हुन पनि उत्तिकै जरुरी हुन्छ । संगीत, गायन र नृत्य यस्तो माध्यम हो जसले मन र शरीरलाई स्वास्थ्य र स्फूर्त बनाउन मद्धत गर्छ । यसै मान्यतालाई आत्मसात गरेर हामीले कार्यक्रमको माध्यमबाट कोरोनाको महामारीको कारण परेको मानसिक तनावलाई न्यूनिकरण गर्दै ब्यक्तिहरुमा अन्तर्निहित सिर्जनशिलतालाई अभिप्रेरित गर्ने तथा लकडाउनको अबस्थालाई सदुपयोग गर्दै हाम्रा कलाकारहरुको प्रतिभालाई विश्वव्यापी रुपमा प्रदर्शन गर्न मद्धत पुर्याउने उद्धेस्य सहित आयोजना गर्न लागिएको यस विश्वव्यापी प्रतियोगितामा सहभागिता जनाउन इच्छुक सम्पूर्ण कलाकारहरुमा हार्दिक अनुरोध गर्दछौं । प्रतियोगितासम्बन्धि नियम तथा सम्पर्कका लागि ठेगाना निम्न अनुसार रहेको छ:

इनास विश्व्यापि अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२०’ INAS global Online Singing and Dancing Competition 2020

गायन प्रतियोगितासम्बन्धी नियमहरु देहाय बमोजिमका छन:

१. प्रतियोगीले आफ्नो गायन नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ । २. गायन एकल हुनुपर्नेछ । ३. प्रतियोगीले आफूले गाउने गीत आफैले छनौट गर्नुपर्नेछ । . प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन । ५. प्रतियोगितामा प्रतियोगीको उमेर कम्तिमा १३ बर्ष वा सोभन्दा माथि हुनुपर्नेछ ।

६. पूर्ण ब्यबसायिक वा सम्बन्धित विधामा स्थापित कलाकारहरुले प्रतिष्पर्धात्मक रुपमा भाग लिन पाउने छैनन । तथापि अतिथिको रुपमा उपस्थिति भने सराहनीय र स्वागतयोग्य हुनेछ । ७. गीत दुईदेखि तीन मिनटको हुनुपर्नेछ ।  ८. प्रतियोगीले प्रतिष्पर्धाका लागि पठाउने प्रस्तुतिको भिडियो एक सर्टमा खिचिएको (one take) र कुनै किसिमले सम्पादन नगरिएको (raw video) हुनुपर्नेछ ।

९. प्रतियोगीता महादेशीयस्तरीय (जसलाई प्रथम चरण नामाकरण गरिएको छ) र ग्लोबल अर्थात विश्वस्तरीय (जसलाई दोश्रो चरण सेमी फाइनल तथा तेश्रो एवं फाइनल चरण नामाकरण गरिएको छ) गरि तीन चरणमा सम्पन्न हुनेछ ।  १०. प्रथम चरण प्रतियोगिताको ‘महादेशीय चरण’ हुनेछ । यस चरणमा प्रतियोगीले आफ्नो इच्छा अनुसार नेपालीपन समेटिएका लोक, आधुनिक लगायतका गीत गाउन सक्नेछन । यो चरणबाट विश्वस्तरीय प्रतिष्पर्धा (Final Phase) का लागि उत्कृष्ट दश प्रतियोगीहरु छनौट हुनेछन ।

११. दोश्रो र तेश्रो चरण ग्लोबल चरण (विश्वस्तरीय प्रतिष्पर्धात्मक चरण) हुनेछ । दोश्रो चरणमा प्रत्येक महादेशहरुबाट छनौट भै आएका उत्कृष्ट दश-दश प्रतियोगीहरु बीच विश्वस्तरीय सर्वोत्कृष्ट अन्तिम दश स्थान (Final Top 10) का लागि प्रतिष्पर्धा हुनेछ। यो चरण कार्यक्रमको सेमी फाइनल चरण हुनेछ । यो चरणमा प्रतियोगीले आफ्नो इच्छा अनुसार नेपालीपन समेटिएका आधुनिक, लोक लगायतका सबै प्रकारका गीत गाउन सक्नेछन ।

१२. तेश्रो चरण, कार्यक्रमको फाइनल चरण (Final phase) हुनेछ । यस चरणमा दोश्रो चरण (semi-final) बाट छनौट भएका उत्कृष्ट दश फ़ाइनलिस्ट (top 10 finalist) हरु बीच सर्वोत्कृष्ट स्थान “इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग स्टार २०२०” टाइटलका लागि प्रतिष्पर्धा हुनेछ । यस चरणमा प्रतियोगीले पूर्णत: नेपाली मौलिक लोक भाकाहरुमा सोहि अनुसारको भेषभूषा सहित आफ्नो प्रस्तुति प्रदर्शन गर्नुपर्नेछ ।

१३. प्रतियोगिताका लागि प्राप्त प्रस्तुतिहरुको निर्णय पब्लिक भोटिङ्ग (फेसबुकमा राखिएको भिडियोमा भएको लाइक संख्या) र निर्णायक प्यानल (निर्णयका लागि सम्बन्धित विधामा पारङ्गत व्यक्तित्वको समूह) को संयुक्त अङ्कका आधारमा गरिनेछ ।१४. पब्लिक भोटिङ्गको समयावधि ७ दिनको हुनेछ । पब्लिक भोटिङ्ग अन्तर्गत तोकिएको अवधिमा प्राप्त हुने लाइक्सहरुलाई गणना गर्दा एक लाइक बराबर एक अंक प्रदान गरिनेछ ।

१५. पब्लिक भोटिङ्गबाट प्राप्त हुने अंक र निर्णायक समूहबाट प्राप्त हुने अंकलाई जोड गर्दा हुनआउने कूल अंकमध्ये सबैभन्दा बढि अंक प्राप्त गर्ने प्रतियोगी उकृष्ट दशको स्थान प्राप्त गरि फाइनल (विश्वस्तरीय) प्रतिष्पर्धाका लागि छनौट हुनेछन भने अन्तिम (फाइनल) प्रतिष्पर्धाबाट सर्वोत्कृष्ट स्थान छनौटका लागि समेत निर्णयको सोहि प्रकृया अवलम्बन गरिनेछ ।

१६. प्रतियोगीले प्रतिष्पर्धाका लागि युरोप महादेशको हकमा inaseurop@gmail.com , एसिया महादेशको हकमा inasasia2020@gmail.com, अमेरिका महादेशको हकमा info.inasusa@gmail.com, ओसेनिया क्षेत्रका हकमा inasoceania@gmail.com, अफ्रिका महादेशको हकमा iartistsociety@gmail.com मा आफ्नो नाम थर, अस्थायी तथा स्थायी ठेगाना, सम्पर्क (टेलिफोन) नम्बर र प्रतियोगितामा आफू भाग लिन इच्छुक रहेको व्यहोरा उल्लेख गरिएको आवेदन सहित आफूले गाउने गीतका गीतकार, गायक, संगीतकार र उत्पादन/निर्माता कम्पनी भए सोको समेत नाम खुलाई भिडियो पठाउनुपर्नेछ । साथै इच्छुक कलाकारले इनासको वेब साइट www.inas.global मा रहेको फारम भरि आफूले गाउने गीत वा नृत्यको भिडियो पठाउन सक्नुहुनेछ ।

१७. सहभागिताको लागि भिडियो पठाउने अन्तिम मिति १५ जुन, २०२० ( 15 June, 2020) सम्म हुनेछ। दोश्रो चरण (विश्वस्तरीय फाइनल चरण) को लागि भिडियो पठाउने अन्तिम मिति र भिडियो उपलब्ध गराउने इमेल ठेगाना भने प्रथम चरणको छनौट पछि निर्धारण गरि अवगत गराइनेछ ।

१८. प्रतियोगितामा प्रथम हुने कलाकारलाई एक बर्ष कार्यकाल रहने गरि इनासको अवैतनिक सदभावना दूत (INAS Global Goodwill Ambassador) नियुक्त गरिनुका साथै “इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग स्टार २०२०” (INAS Global Online Singing Star 2020) को उपाधि सहित रु. ५१,०००। (नेपाली रुपैया एकाउन्न हजार), नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई “इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग स्टार, २०२० फस्ट रनर अप” (INAS Global Online Singing Star 2020, 1st runner up) र “इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग स्टार २०२० सेकेण्ड रनर अप” (INAS Global Online Sining Star 2020, 2nd runner up) को उपाधि सहित क्रमश: रु. २५,०००। (नेपाली रुपैया पच्चीस हजार) र रु. १५,०००. (नेपाली रुपैया पन्ध्र हजार) नगद , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै टाइटल विजेतालाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ र चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिनेछ ।

१९. प्रतियोगिता सम्बन्धी कुनै विवाद आएमा भने आयोजकको निर्णयनै अन्तिम निर्णय हुनेछ ।

नृत्य प्रतियोगिता सम्बन्धी नियमहरु देहाय बमोजिमका रहेका छन:
१. प्रतियोगीले नेपाली भाषाको गीतमा नृत्य प्रस्तुत गर्नुपर्नेछ । २. नृत्य एकल हुनुपर्नेछ । ३. प्रतयोगीले आफूले नृत्य गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ । ४. प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन । ५. प्रतियोगितामा प्रतियोगीको उमेर कम्तिमा १३ बर्ष वा सो भन्दा माथि हुनुपर्नेछ । ६. पूर्ण ब्यबसायिक वा सम्बन्धित विधामा स्थापित कलाकारहरुले प्रतिष्पर्धात्मक रुपमा भाग लिन पाउने छैनन। तथापि अतिथिको रुपमा उपस्थिति भने सराहनीय र स्वागतयोग्य हुनेछ ।

७. नृत्य कम्तिमा दुई र बढिमा तीन मिनटको हुनुपर्नेछ। ८. प्रतियोगीले प्रतिष्पर्धाका लागि पठाउने प्रस्तुतिको भिडियो एक सर्टमा खिचिएको (one take) र कुनै किसिमले सम्पादन नगरिएको (raw video) हुनुपर्नेछ । ९. प्रतियोगीता महादेशीयस्तरीय (जसलाई प्रथम चरण नामाकरण गरिएको छ र ग्लोबल अर्थात विश्वस्तरीय (जसलाई दोश्रो सेमी फाइनल तथा तेश्रो एवं फाइनल चरण नामाकरण गरिएको छ) गरि तीन चरणमा सम्पन्न हुनेछ ।

१०. प्रथम चरण प्रतियोगिताको ‘महादेशीय चरण’ हुनेछ। यस चरणमा प्रतियोगीले आफ्नो इच्छा अनुसार नेपालीपन समेटिएका लोक, आधुनिक लगायतका गीतमा नृत्य गर्न सक्नेछन। यो चरणबाट हरेक महादेशबाट प्रत्येक विधामा दश-दश प्रतियोगीहरु छनौट भै विश्वस्तरीय प्रतिष्पर्धा (global competition) का लागि छनौट हुनेछन ।

११. दोश्रो र तेश्रो चरण ग्लोबल चरण (विश्वस्तरीय प्रतिष्पर्धात्मक चरण) हुनेछ । दोश्रो चरणमा प्रत्येक महादेशहरुबाट छनौट भै आएका उत्कृष्ट दश-दश प्रतियोगीहरु बीच विश्वस्तरीय सर्वोत्कृष्ट अन्तिम दश स्थान (Final Top 10) का लागि प्रतिष्पर्धा हुनेछ। यो चरण कार्यक्रमको सेमी फाइनल चरण हुनेछ। यो चरणमा प्रतियोगीले आफ्नो इच्छा अनुसार नेपालीपन समेटिएका आधुनिक, लोक लगायतका सबै प्रकारका गीतमा नृत्य गर्न सक्नेछन ।

१२. तेश्रो चरण, कार्यक्रमको फाइनल चरण (Final phase) हुनेछ। यस चरणमा दोश्रो चरण (semi-final) बाट छनौट भएका उत्कृष्ट दश फ़ाइनलिस्ट (top 10 finalist) हरु बीच सर्वोत्कृष्ट स्थान “इनास ग्लोबल अनलाइन डान्सिङ्ग स्टार २०२०” टाइटलका लागि प्रतिष्पर्धा हुनेछ । यस चरणमा प्रतियोगीले पूर्णत: नेपाली मौलिक लोक भाकाहरुमा सोहि अनुसारको भेषभूषा सहित आफ्नो प्रस्तुति प्रदर्शन गर्नुपर्नेछ ।

१३. प्रतियोगिताका लागि प्राप्त प्रस्तुतिहरुको निर्णय पब्लिक भोटिङ्ग (फेसबुकमा राखिएको भिडियोमा भएको लाइक संख्या र निर्णायक प्यानल (निर्णयका लागि सम्बन्धित विधामा पारङ्गत व्यक्तित्वको समूह) को संयुक्त अङ्कका आधारमा गरिनेछ ।

१४. पब्लिक भोटिङ्गको समयावधि ७ दिनको हुनेछ । पब्लिक भोटिङ्ग अन्तर्गत तोकिएको अवधिमा प्राप्त हुने लाइक्सहरुलाई गणना गर्दा एक लाइक बराबर एक अंक प्रदान गरिनेछ ।

१५. पब्लिक भोटिङ्गबाट प्राप्त हुने अंक र निर्णायक समूहबाट प्राप्त हुने अंकलाई जोड गर्दा हुनआउने कूल अंकमध्ये सबैभन्दा बढि अंक प्राप्त गर्ने प्रतियोगी उकृष्ट दशको स्थान प्राप्त गरि फाइनल विश्वस्तरीय प्रतिष्पर्धाका लागि छनौट हुनेछन भने अन्तिम (फाइनल) प्रतिष्पर्धाबाट सर्वोत्कृष्ट स्थान छनौटका लागि समेत निर्णयको सोहि प्रकृया अवलम्बन गरिनेछ ।

१६. प्रतियोगीले प्रतिष्पर्धाका लागि युरोप महादेशको हकमा inaseurop@gmail.com, एसिया महादेशको हकमा inasasia2020@gmail.com, अमेरिका महादेशको हकमा info.inasusa@gmail.com, ओसेनिया क्षेत्रका हकमा inasoceania@gmail.com, अफ्रिका महादेशको हकमा iartistsociety@gmail.com मा आफ्नो नाम थर, अस्थायी तथा स्थायी ठेगाना, सम्पर्क (टेलिफोन) नम्बर र प्रतियोगितामा आफू भाग लिन इच्छुक रहेको व्यहोरा उल्लेख गरिएको आवेदन सहित आफूले नृत्य गर्ने गीतका गीतकार, गायक, संगीतकार र उत्पादक/निर्माता कम्पनी भए सोको समेत नाम समेत खुलाई भिडियो पठाउनुपर्नेछ । साथै इच्छुक कलाकारले इनासको वेब साइट www.inas.global मा रहेको फारम भरि आफूले गाउने गीत वा नृत्यको भिडियो पठाउन सक्नुहुनेछ ।

१७. सहभागिताको लागि भिडियो पठाउने अन्तिम मिति १५ जून, २०२० (15 June, 2020) सम्म हुनेछ। दोश्रो चरण (विश्वस्तरीय चरण) को लागि भिडियो पठाउने अन्तिम मिति र भिडियो उपलब्ध गराउने इमेल ठेगाना भने प्रथम चरणको छनौट पछि निर्धारण गरि अवगत गराइनेछ ।

१८. प्रतियोगितामा प्रथम हुने कलाकारलाई एक बर्ष कार्यकाल रहने गरि इनासको अवैतनिक मानार्थ सदभावना दूत (INAS Global Goodwill Ambassador) नियुक्त गरिनुका साथै “इनास ग्लोबल अनलाइन डान्सिङ्ग स्टार २०२०” (INAS Global Online Dancing Star 2020) को उपाधि सहित रु. ५१,०००। (नेपाली रुपैया एकाउन्न हजार), नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई “इनास ग्लोबल अनलाइन डान्सिङ्ग स्टार, २०२० फस्ट रनर अप” (INAS Global Online Dancing Star 2020 1st runner up) र “इनास ग्लोबल अनलाइन डान्सिङ्ग स्टार २०२० सेकेण्ड रनर अप” (INAS Global Online Dancing Star 2020 2nd runner up) को उपाधि सहित क्रमश: रु. २५,०००। (नेपाली रुपैया पच्चीस हजार) र रु. १५,०००. (नेपाली रुपैया पन्ध्र हजार) नगद , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै टाइटल विजेतालाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ र चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिनेछ ।

१९. प्रतियोगिता सम्बन्धी कुनै विवाद आएमा भने आयोजकको निर्णयनै अन्तिम निर्णय हुनेछ ।