नयाँ नक्सा जारीपछि किन गरेनन् सरकारको प्रशंसा बाबुरामले ? यस्तो खुलासा (भिडियो सहित)

काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियताको विषयमा आफूले सरकारको विरोध नगरेको बताएका छन। अमेरिकाको टेक्सासमा रहेका पत्रकार सुर्य थापासँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन ।

डा.भट्टराईले सिमा विवादबारे विरोधका रुपमा बोलेको र आलोचित बनेको बारे पनि खुलाएका छन । भारतलाई चिढ्याउने सरकारकाे नीति ठीक नभएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा उनको विरोध भएको थियो।

नेपालले आफ्नो भूमिसहितको नक्सा सार्वजनिक गरेपछि दुई देशका बीचमा बहस चलिरहेका बेला सरकारको गतिविधि ठीक नभएको बताएका थिए । कोरोनापछिको नेपालको अर्थतन्त्र सुधार्न भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने डा. भट्टराईको भनाई थियो ।

नयाँ नक्सा जारीपछि बाबुरामले किन गरेनन् सरकारको प्रशंसा ? लगायत विविघ विषयमा गरिेएको कुराकानी भिडियो हेर्नुहोस्|