इतिहासकै कलंक आक्रमण दोषीलाई कारवाही नगरे, आफै बर्दी लगाउँछु : सरु सुनार

काठमाडौँ ।

दलित अगुवा तथा सामाजि अभियान्ता सरु सुनारले पश्चिम रुकुमा प्रेम सम्बन्धलाई लिएर गरिएका आक्रमण इतिहासकै कलंक भएको बताएकी छन् । जातिय छुवाछुतलाई लिएर भएका घनटामध्ये सबैभन्दा ठूलो अघन्य अपराधीक घटना भएको बताउँदै निन्दा गरेकी छन् ।

घटनाका दोषीलाई बचाउन खोजिएको भन्दै सरुले कुनै पनि बहानमा अपराधीहरुलाई बचाउन खोजिए आफूहरु लकडाउन तोडेर सडकमा आउन बाध्य हुने बताइएकी छन् । प्रेम सम्बन्धलाई लिएर यति ठूलो अपराधिक घटना हुँदा पनि चुपचाप बसेको भन्दै सरुले राजनीतिक पार्टीका नेताहरुको आलोचना गरेकी छन् । उनले मानव अधिकारको गम्भीर उलंघन भएको भन्दै राष्ट्रिय मानव अधिकारको पनि ध्यानाकर्षण गराएकी छन् ।

दलित भएकै कारण गाउँलेहरुले लखेटीलखेटी भेरी नदीमा फ्याकेको भन्दै सरुले कोतपर्व र नारायणहिटी हत्याकाण्डभन्दा ठूलो भएको बतइन् । “जंगबहादुरको कोत पर्व, नारायणहिटी हत्याकाण्डभन्दा यो घटना ठूलो हो । उनले अरु घटनामा राज्यशक्तिको लागि भएपनि पनि रुकुममा दलित भएकै कारण शाही कठुरीले हत्याकाण्ड मच्चाए” सरुले भनिन् ।

उक्त हत्याकाण्डका दोषीलाई कारवाही नगरिए सरुले अधिकार र मुक्तिको लागि हतियार उठाउने चेतावनी समेत दिइन् । उनले अगाडि भनिन्, “संविधानमै ग्यारेण्टी गरिएको अधिकार समेत दलित समुदायले प्रयोग गर्न नपाउने, कथित माथिल्लो जातिकी केटीसँग प्रेम गर्दैमा सामुहिक हत्या गरिनुले अझै दलित समुदायले अधिकार नपाएको प्रष्टै भएको छ । उक्त अधिकारको लागि जस्तोसुकै कदम चाल्न दलित युवा युवती बाध्य हुनेछन् ।”

राज्य नै पूर्वाग्रही भएको भन्दै सरुले अरु जातिमाथि यसरी सामुहिक हत्या गरिएको भए अहिलेसम्म आगो बलिसक्ने भन्दै सरकारले औपचारिकता पूरा गर्नेभन्दा ठोस कदम नचालेको आरोप लगाइन् ।

चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का नवराज बिकबीचको प्रेम सम्बन्धलाई लिएर गाउँहरुले आक्रमण गरेका थिए । परिवारले प्रेस सम्बन्धलाई अस्वीकार गरेपछि केटीले भागेर विवाह गर्न भनेर नवराजलाई बोलाएकी थिइन् । शनिवार साँझ नवराज १८ जनासहित चौरजहारी पुगेका थिए । गाउँ प्रवेश गर्ने बित्तिकै केटी पक्षले अन्धाधुन्दा आक्रमण गरेका थिए ।

केहीलाई समाते केही भागेर भेरी नदीमा हाम फाले र केहीलाई कुटेर नदीमा फ्याकियो । भेरी नदीमा नवराजको शव बग्दै गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएसँगै घटना बाहिर आएको थियो ।

आक्रमण परी बेपत्ता भएका भेरी नगरपालिका–४ गणेश बुढाको लाश सोमबार फेला परेको छ । यसअघि केटीका प्रेमी भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक र उनका साथी चौरजहारी नगरपालिका–१ टीकाराम सुनारको शव फेला परिसकेको थियो । वेहुली ल्याउन गएका १२ जना घाइते छन् ।

प्रहरीकाअनुसार भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी अझै बेपत्ता छन् । – अनलाइन डबली