दु:खद खबर : भाग्य न्यौपाने मोटरसाइकल दुर्घटनामा परे, हात खुट्टा र कम्मरमा चोट

काठमाडौँ । चर्चित युटुवर भाग्य न्यौपाने मोटरसाईकल दुर्घटनामा परेका छन् । सामाजिक काम सहयोगार्थ सहयोगको लागि जाने क्रममा आफु दुर्घटनामा परेको उनले सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् । उनको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको छ भने उनी खतरामुक्त भएका छन् ।
उनले सामाजिक सन्जालमा दुर्घटनाबारे जानकारी गराउदैं भनेका छन् ।

मेरो लागि आज दु:खद दिन .. सेवा गर्न जादा यस्तो भयो.. काठमाडौ बाहिरका 2 जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि मलाई धेरै पटक कल गर्नुभयो, पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि.. ।

म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो accident भयो र आज मैले 2 बर्ष देखि चलाउदै आएको मोटरसाइकलमा अघाडिको ब्रेक लक भएसी यस्तो हुन पुग्यो .. हातमा, खुट्टा र कम्मरमा घाउ असर देखिएको छ ..।

सके भोलि नत्र कुनै न कुनै तरिकाले म उत्त बिमारिहरुलाई पैसा पठाएर उहाँहरुको रोकिएको उपचारको लागि सहयोग गर्नेछु .. X- Ray रिपोर्ट ले भित्री तेस्तो कुनै ठूलो असर देखाएको छैन ..।

हेर्नुहोस भिडियो :