वर्षा राउतले रुँदै भनिन् म कालापानीमा गएर झु ण्डि न तयार छु : हेर्नुहोस् भिडियो

काठमाडौं । चर्चित नायिका वर्षा राउतले राष्ट्रियताको विषयलाई लिएर आफूमाथि प्रश्न नगर्न आग्रह गरेकी छिन् । नेपाल-भारत सिमा विवादको सम्बन्धमा नायिका राउतले हिजो (शनिबार) सामाजिक सञ्जाल फेशबुकमार्फत बोलेको विषयलाई लिएर उनी विवादमा मुछिएकी थिईन् ।

राउतले नेपाल भारत सम्बन्धमा देखिएको विवादलाई दुई देशका सञ्चारकर्मीहरुले उचालेर झगडा उत्पन्न गराएको बताएकी थिइन्। राउतले नेपाल र भारत दुवै देशका अधिकारीहरु टेबल टक गर्नुपर्नेमा दुई देशका पत्रकारहरु झगडिँदा आफूले भारतीय मित्रसँग फेस गर्न गाह्रो परिरहेको र भारतीय मित्रहरुलाई पनि आफूसँग फेश गर्न अप्ठ्यारो भएको बताएकी थिईन् । उनको उक्त टिप्पणीमाथि चौतर्फी आलोचना भएको थियो । उनको भनाई जस्ताको तेस्तै।

सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।
कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।

संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।

हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।

नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु । जय नेपाल, जय नेपाली ! जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि

त्यस्तै जनता जान्न चाहन्छन कार्यक्रममा पत्रकार ऋषी धमलासंगको कुराकानीमा वर्षा राउतले रुँ,दै भनिन्, म कालापानीमा गएर झु,ण्डि,न तयार छु – हेर्नुहोस् भिडियो