साथीभाई भन्दा राष्ट्रियता ठूलो हो भन्दै नीताले लक्षित गर्दै वर्षालाई भनिन (भिडियो सहित)

काठमाण्डौं । आइतबार बिहान बिहानै वर्षा राउतले दिएको एउटा अन्तर्वार्ताले सामाजिक सञ्जाल ताती रहेको छ । उनको खेदो खन्न कुनै कसर बाँकी नराखेपछि अन्तत उनले माफी नै मागिन् ।

शनिबार नै नायिका नीता ढुंगाना फेसबुक लाईभमा आएर राष्ट्रियता नभुल्न सबैलाई आग्रह गरेकी छिन् । अहिले देशमा विभिन्न खालको समस्या उत्पन्न भइरहेकोले बोल्नु भन्दा पहिले सोच्नुपर्ने बताएकी हुन् । फेसबुकमा करिब ४७ मिनेट आफ्नो भनाइ राख्ने क्रममा उनले सबैभन्दा पहिले मानिसले आफ्नो राष्ट्रियताको विषयमा सोचेर मात्र साथीभाईको बारेमा सोच्नुपर्ने बताएकी हुन् ।

नायिका वर्षा राउतले के भनेकी थिइन भिडियोमा हेर्नुहोस

उनको यो भनाइ वर्षालाई लक्षित गरेको भनेर फिल्म नगरी गरम भएको छ । उनी लाईभमा भन्छिन् ,‘सबैभन्दा पहिले मैले राष्ट्रियतालाई राख्नुपर्छ । अनि मात्र परिवार, साथीभाइ आउँछन् । तर, पहिलो प्राथमिकतामा राष्ट्रियतालाई राख्नुपर्छ । राष्ट्रलाई समस्या परेको बेलामा सो बारे हामीले अवलोकन गर्नु जरुरी छ ।’

उनले, प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको आत्मविश्वासलाई सलाम गर्न चाहेको पनि बताएकी छिन् । प्रधानमन्त्रीले बोलिसकेपछि आफूहरूले पनि बोल्न सजिलो भएको उनको तर्क छ । नीता भन्छिन्–‘आफ्नो भूमि भएकै कारणले नेपालले निडर भएर दाबी गर्न सकेको छ । आफ्ना भूमि फिर्ता ल्याउन हामी सबै लाग्नुपर्छ ।’

नीताले यो समयमा दल विभाजित भएर झ,गडा गर्नुभन्दा पनि एकजुट भएर देशको लागि लड्नुपर्ने बताएकी छिन् । हिन्दी भाषामा समेत आफ्नो भनाइ राख्ने क्रममा नीताले नेपालको भूमिको विषयमा बुझेर मात्र बोल्न भारतीय मिडियालाई चेतावनी दिएकी छिन् । मनिषा कोइरालाको एउटा ट्विटले नै भारत हल्लिएको भन्दै नीताले नेपालको विषयमा भारतीय मिडियाले बोलेको कुरा आफूहरूले सहन नसक्ने पनि बताएकी छिन् ।

हेरौ पुरा भिडियो :