मीरादेवी राईको शब्द तथा बिक्रम राई संगीतमा राजेश राईको स्वरमा “तिमीलाई पाए” भाग २ सार्बजनिक

राजु बोहरा–काठमाडौँ । नेपाली आधुनिक गीत संगीतका अनुरागीहरुका लागि गायिका तथा गीतकार मिरा देवी राईले भर्खरै मात्र निकै कर्णप्रिय आधुनिक गीत बजारमा ल्याएकी छिन् । उनको भर्खरै बजारमा आएको गीत “तिमीलाई पाए” भाग २ रहेको छ । “तिमीलाई पाए” भाग १ को अपार सफलता पछी यस गीतलाई बजारमा ल्याउन हौसला मिलेको मीराले बताएकी छिन् । गायिका तथा गीतकार मीरा मार्फत करिब दुई महिना पछि मात्र यस गीतको म्युजिक भिडियो सार्बजनिक गरिने जानकारी प्राप्त भएको छ । तर अशंख्य दर्शकहरुको आग्रहलाई ध्यानमा राखेर हालको लागि यस गीतलाई लिरिकल भिडियोको रुपमा सार्बजनिक गरिएको हो ।

गायिका मिरा देबी राई अहिले प्रबासमा रहेकी छिन् । उनले गीत लेख्न थालेको २ बर्ष भैसकेको छ । यस अबधिमा वियोगान्त, संयोगान्त परदेशीको भाव समेटिएको लगाएतका थुप्रै गीतहरु उनको कला मार्फत लिपिबद्ध भैसकेका छन् । कुनै पनि गीतमा आफ्नो स्वर भर्नु भन्दा लेख्नमा बढी रुची राख्ने मीराले रातको समयलाई लक्षित गर्दै गीत तयार गर्ने गर्दछिन् । प्रबासको बसाई निकै ब्यस्तामय हुँदा पनि कुन समयमा आफ्नो लेखनको क्रम अगाडी बढाउनु हुन्छ भन्ने हाम्रो प्रश्नमा उनले करिब ३ बजेतिर बिउँझिएर बिहान ५ बजे सम्ममा कुनै पनि भावको गीत तयार गर्ने बताउछिन् । पहिलेका गीतलाई झैँ यस गीतलाई पनि मन पराइदिनु भएमा आगामी दिनमा अझै उत्कृष्ट गीतहरु ल्याउने गायिका तथा गीतकार मीराले बताएकी छिन् ।

प्रस्तुत गीतमा स्वर राजेश पायल राईको रहेको छ । गीतलाई शब्द मीरादेवी राई र संगीत बिक्रम राईले भरेका छन् । “तिमीलाई पाए” भाग २ लाई गायिका तथा गीतकार मिरा कै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । उनले गीत सुनिसकेपछि सम्पूर्ण माझ पुर्याउन शेयर गरिदिनु हुन समेत आग्रह गरेकी छिन् ।

गीतको लिरिकल म्युजिक हेर्न तल क्लिक गर्नु होला ।