नेपालीमा माटोमा जन्मिएर भारतलाई कर्म थलो बनाएका केही लोभी झा हरुलाई दरिलो झापड दिनुभएको छ ।

एक नारायण पौडेल , साउदी अरब,

मानिस बिश्वको मानचित्रमा जहाँसुकै र जस्तो सुकै परिस्थितिमा किन नहोस यदि उसले सत्यतालाई जीवन र जीवनलाई ज्युउने आधार बनायो भने उ कयौं चुनौतीलाई सामना गर्न सक्छ । मानिसले आफ्नो श्रम , कला , गला, सिर्जना र क्षमता बिश्वको जुनसुकै ठाउँमा बेच्न सक्छ तर दासत्व सबैको लागि बेचिने वा स्वीकारीने बस्तु होईन । मनिसा जि, आज तपाईले आफ्नो मातृभुमी र माटोको मायालाई शिरमा राखेर जुन स्वाभिमान र हिम्मत देखाउनु भयो यसले सारा नेपाली र देशको हिम्मत बढाउनु भएको छ । एउटा पदक र सम्मानको खातिर सबै मानिस आफ्नो पहिचान र देशको स्वाभिमानलाई दाउमा लगाउन तयार हुदैन भनेर नेपालीमा माटोमा जन्मिएर भारतलाई कर्म थलो बनाएका केही लोभी झा हरुलाई दरिलो झापड दिनुभएको छ ।

म प्रतिपक्षी भएको नाताले कयौं मुद्दामा भिन्न अभिमत र फरक हुन सक्छु । तर देशको मुद्दा र स्वाभिमानको मुद्दामा म मेरो देशको प्रधानमन्त्रीसङ्गै उभिएको हुन्छु र उहाँसङ्गै हुनेछु भनेर जुन स्वाभिमान र गर्बको को साथ डा. मिनेन्द्र रिजालले भारतीय मिडियाका झुसिल्किराहरुलाई दिनु भएको जवाफ नै आम नेपालीको आवाज हो । आम नेपालीको जवाफ हो ।

खबरदार, अब पनि नेपालीका राजनैतिक पाटी वा नेतृत्वहरु रास्ट्रियता र देशको स्वाभिमानको लागि एकजुट हुन सकेनौ भने । एकै स्वर र आवाज बनाउन चुक्यौ भने इतिहासले तिमीहरूलाई धिक्कार्ने छ । जरुर हामी सानो र गरिब पक्कै छौ तर कसैका गुलाम छैनौ । अलिकति नेता र नेतृत्वको गद्दारी र लाचारीपनले हामी परनिर्भर भएका छौ अन्यथा हाम्रो नेतृत्वले अलिकति हिम्मत र साहस जुटाएर आत्मनिर्भर हुने हो भने आगामी १०-१५ बर्षमा तिमी भन्दा आर्थिक रूपले सप्पन्न र अगाडि पुग्नेछौ । हेक्का रहोस ।

Republic Tv लगायत भारतीय मेडियाहरुको नेपाल फोबिया केबल अङ्ग्रेजी भाषाको अहंकार , दम्भ र घमण्ड भन्दा अरु केही होइन । नेपालको जनसंख्या भन्दा झन्डै १.२ % भारतको जनसंख्या बिश्वका अन्य देशहरुमा रोजागारी गरिरहेका छन । ए भारतिय पाखण्डी Arnab goswami के ती भारतीय जनताहरु जय हिन्दको सट्टामा जिदर रहता हे उदरका गाना गाके – भारत मुर्दाबादका नारा लगा सक्ता हे ?? बिट्रिसका गुलामीहरु चुथ्थो अङ्ग्रेजी भाषालाई सिङ्गै बिजयको द्याेतक सम्झेर हामी नेपाली , नेपालको सार्बभौमसत्ता र स्वाभिमानमा बारम्बार प्रहार गरिरहँदा हाम्रा मुलधारका मिडियाहरु के हेरेर बसेका छन ??

अनलाइन टेलिभिजनहरु किन मौन छन ? किन सामरिक महत्व र सार्बजनिक बहस चलाएर उदण्ड भारतिय मिडियालाई Tit for taat Rat for Cat
को धक्का दिन किन हिच्किच्याईरहेका छन ? अङ्ग्रेजी बहस र कार्यक्रमहरु चलाएर ती दुष्ट सैतानीहरुको एक एक ईटको जवाफ पत्थरले दिन किन सकिरहेका छैनन् ? नेपाली मिडिया आफ्नै देश र स्वाभिमान भन्दा भारतीयको कठपुतली हुनुमा गर्व गर्छन भने भारतीय मिडिया सङ्गै नेपालका मिडिया जो अप्रत्यक्ष भारतको कठपुतली बनिरहेका छन यिनलाई पनि नेपाली जनताले बहिस्कार गर्नेछन ।

सरकार , अब बल तिम्रो कोटमा पुगेको छ । कोइलाको रातो फिल्लिङ्गोमा जनताको साथ र समर्थन लिएर देशको स्वाभिमान र रास्ट्रियतालाई बैरीको छातीमा घन उठाएर पिट्ने यो भन्दा अरु उत्तम बेला हुनै सक्दैन । हाम्रै धनमा, हामी आफैले किनेर हाम्रै घरमा ती दुष्ट भारतीयहरु च्यानलहरुको अपमानजनक अभिब्यक्ति र हेपाई सहनुपर्ने ?? जबसम्म यिनीहरुले हाम्रो स्वाभिमानलाई सम्मान गर्दैनन् तबसम्म सरकार यी भारतीय च्यानलहरु प्रतिबन्ध लगाउ ।