मलाई मेरै देशको आफ्नो भन्दा धेरै माया लाग्छ (भिडियो)

बिष्णु बिक्रम निरौला,
धनकुटा । साहित्यकार ओम प्रकाश निरौलाको ‘देशको माया’ बोलको गीत सार्वजनिक गरिएको छ । ‘देशको माया’ नामक उक्त अफिसियल म्युजिक भिडियो धनकुटा खबरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

राष्ट्रीय भावनाले भरिएको सो गीतमा गायिका कविता बराइलीले स्वर दिएकी छिन् भने साहित्यकार निरौलाले र्याप भरेका छन् । साहित्यकार निरौलाकै लय र शब्द रहेको सो गीतमा विशान मानन्धरले प्रबन्धकको काम गरेका छन् ।

सिमान्त थापाले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मी तथा मोडल शशी नेपालले मोडलीङ गरेकी छिन् । बिगत ५ बर्ष एविसी टेलिभिजनमा काम गरेकी शशी हाल प्राईम टेलिभिजनमा समाचार वाचिकाको रुपमा काम गर्छिन । फरक पन दिने प्रयास गरिएको सो गीत सार्वजनिक भएको छोटो समयमै दर्शकहरुको अत्याधिक माया पाउन सफल भएको छ ।

हेर्नुहोस् भिडियो