यदि सनातनी हिन्दू भएकोमा गर्व छ र हिन्दू सभ्यता बचाउनुछ भने निम्न बुँदाहरू पालना गरौ

हरेक हिन्दूहरूको लागि व्यवहारिक गीता। पं. भीमकान्त पन्थी ”भागवतदास”

हीन अर्थात नीच कर्महरूबाट पर हुनु नै हिन्दूधर्मावलम्वी हुनुको मुख्य विशेषता हो।सत् कर्म नै वेदको शासन हो।असत्य पापको मुल हो।पाप असत्य हो।त्यसैले सत्य नै धर्म,पुण्य वा ईश्वर हो। सत्यैव_ब्रह्मं यो हाम्रो अादर्श हो।अचरणशीलता हाम्रो जीवनको कडी र हाम्रो जीवनको लक्ष्य प्राप्तिको सोपान पनि हो।अाफूले अाफैलाई चिन्नु अझ ठूलो महानता हो।अफैलाई नचिनी ईश्वरलाई कसरी चिनिएला।हिंजोबाट सिकेर भोलिलाई संझिएर अाज काम गर्नु नै वास्तविक मानवीय गुणधर्म वा दूरदर्शिता हो।अब हामी हिन्दूहरूको वर्तमानलाई लिएर सानो अाँखीझ्यालबाट चिहाइहालौं है त ।

वर्तमान हिन्दू समाजमा लाग्दै गरेका खास बीसवटा विषहरू :  १) पुरुषले दिदी, बहिनी, भाञ्जी, अन्टी आदि पूज्य र अन्यान्य परनारीहरू सङ्ग र नारीले दाजु, भाइ, भाञ्जा अदि पूज्य स्वजन अदि तथा परपुरुषहरू सङ्ग माया प्रेमका गीतमा टिकटक TikTok बनाउनु।

२)चाहे जुनसुकै प्रयोजनले चाहे जोसुकै सङ्ग पनि बिना विवाह मात्र पेपर म्यारिज ( कागजे विवाह) गर्नु।अझ अाफन्त सङ्गै यस्तो गर्नु त महापातक हो। ३) विवाह पहिले यौन सम्पर्क गर्नु। ४) विवाह पछि अाफ्नी विवाहिता पत्नी र अाफ्नो पाणीग्रहिता पतिको अलावा अरू सङ्ग यौन समागम गर्नु। ५) छोडपत्र दिनु वा लिनु। ६) ज्यान खतरा बाहेक अन्यावस्थामा गर्भपतन गर्नु। ७)लिभिङ टुगेदरमा रहनु। ८) बाबा अामा वा सासू ससुरालाई सेवा नगर्नु।

९) व्रतबन्ध मन्त्र सँस्कार नगरी विवाह र सन्तानोत्पादन गर्नु। १०) नसा लाग्ने र मद बढाउने बस्तुहरूको सेवन गर्नु। ११) पुरुषहरूले जटा ,नङ,दाह्री पाल्नु र नारीहरूले चुल्ठो अाँखीभौं मठार्नु र नङ पाल्नु।अझ ब्राह्मण पण्डितहरू चुल्ठे,जगल्टे भई रुपमा गुण्डा जस्ता हुनु। १२) नारीहरू नाङ्गिदै जानू र पुरुषहरू गुफ्फिंदै जानू। १३) पति र पत्नीमा पनि वैयक्तिक स्वतन्त्रताको कुलत र कुधारणा भित्र्याउनु।पुरुषमा एकपत्नीव्रतीत्व र नारीमा पूर्ण पतिव्रताधर्मको पालना नहुनु।

१४) एउटै गोत्र एउटै थरमा विवाह गर्नु। १५) आततायी ढङ्गले पशुपंक्षीको ओसार पसार गर्नु र हत्या गर्नु। १६) पानीमुल,कुवा,पोखरी पुर्नु,चौतारी अादि भत्काउनु, प्राकृतिक व्यवस्थामा आच पुर्याउनु र रुखहरू काट्नु। १७) कामधेनु गौवंश,नागवंश र वानरवंश नासिंदै जानू।

१८) ब्राह्मणधर्म,तपधर्म,सन्त मर्यादा नासिनु। मासु,मदिरा,सुर्ति खाने र जुवा तास खेल्ने ब्राह्मण,यौन सम्पर्क गर्ने साधु र जोगी अनि अन्न खाने तपस्वी यी हिन्दूत्वका शत्रु हुन्। १९) गृहस्थीअाश्रममा (वर्णसंकरता,ल्याइते विवाह,वहुविवाह,परवीर्यज सन्तान, सिरिञ्ज सन्तान आदि) उथलपुथल आउनु।

२०) भुईंफुट्टा शक्तिपीठ,मन्दिर,देवस्थलहरू प्रदुषित हुनु,मासिनु,पूजा बन्द हुनु साथै मुर्ति,नागमणि,दाहिनेशंख,एकमुखे रुद्राक्ष,बज्रपत्थर,चन्दनमणि,झाँक्रीदण्ड,झाँक्रीभोटो,नागभोटो,जस्ता ईश्वरीय वस्तुहरू लुप्त हुँदै जानू।

यदि सनातनी हिन्दू भएकोमा गर्व छ र हिन्दू सभ्यताबचाउनु छ भने निम्न बुँदाहरू पालना गरौं

१) नास्तिक, हिन्दू सभ्यता विरोधी र धर्म निरपेक्षतावादी शक्तिहरूसङ्ग सतर्क रहने र सहयोग नगर्ने, २) सनातन हिन्दू धर्म मान्ने कुनै पनि व्यक्तिलाई जात र जन्मको आधारमा भेदभाव र छुवाछुत नगर्ने, ३)आफूले सँस्कृत पढ्ने र आफ्ना सन्तानलाई पनि सँस्कृत पढाउने,

४) घरमा दैनिक पूजा,साधना,धर्मग्रन्थ पाठ गर्ने,शंख,घण्ट,डमरु बजाउने,असल र निर्लोभी हिन्दू धर्मका ज्ञाता वा गुरू बोलाएर सत्सङ्ग गर्ने, ५) अाफू र अाफ्नो परिवारले प्रामाणिक सनातनी सद्ग्रन्थहरू दैनिक पढ्ने( गीताप्रेस गोरखपुरका सबै प्रकाशनहरू प्रामाणिक र असाम्प्रादायिक छन्।)

६) भगवान्का अनन्त नाम र मन्त्र छन् ती मध्ये अाफूलाई मन पर्ने नाम वा मन्त्रको नित्य जप गरिरहने। ७) परनारी र परपुरुषलाई नछुने,विवाह पहिले यौन सम्पर्क नगर्ने,माछा,मासु,अण्डा,जाँड,रक्सी,चुरोट,खैनी,सुर्ति,गुट्का अादि अनावश्यक चिज नखाने, ८) दिउँसोमा नसुत्ने राति जागा नबस्ने,

९) हस्तमैथुन र बिना संभोग वीर्य पतन नगर्ने, अप्राकृतिक संभोग नगर्ने, गर्भवती समय, रजोवती समय र प्रसवको छ महिना सम्म ब्रह्मचर्यमा रहने, १०) ब्राह्मण गुरु परम्परा,सन्त परम्परा,जल,जमीन,गौवंश र मानवीय प्राकृतिक गुणहरूको संरक्षणार्थ सधै सतर्क रहने,

११) मातापिता/ सासुससुराको राम्ररी सेवा गर्ने, १२) घरमा पनि तँ कसैलाई नभन्ने,बच्चालाई सानै देखि सँस्कार र सनातन धर्म सिकाउने,घरका नारी सदस्यहरूको उच्च सुरक्षा,संरक्षण र सम्मान गर्ने, १३) अकारण अरूकोमा नजाने,अरूको कुरा नकाट्ने,साधु पुरुषको अपमान नगर्ने,

१४) हिन्दू भित्रका अाज सम्म दलिएका दबिएका सबै हिन्दू भाइहरूलाई सनातनी मुलधारमा ल्याउने।वहाँहरूलाई सँस्कृत पढाएर वहाँहरूको धर्मगुरूत्व स्वीकार गर्ने, १५) वंश,कुल,जेथा र नाक हेरेर होईन कि खुबी र व्यक्तित्वका अ|धारमा व्यक्तिलाई सम्मान गर्ने, १६) संभव भए नामको पछाडि थर र जात नलेखेर गोत्र लेख्ने वा धार्मिक नाम प्रयोग गर्ने परम्पराको शुरुआत गर्ने,

१७)पर सरेको ४ रात,मरणको १२ रात र सुतकको १० रात बाहेक अन्य अवस्थामा नित्य सेवा,पूजा र सत्संग गर्ने।एउटै कोखका दाजुभाइको पनि ४५ दिन पछि बार्न पर्दैन।केवल जसका बाबा अामा मरे उसैले एक वर्ष बार्ने हो।दाजुभाइ सबैको एक वर्ष दु:ख बार्ने नाममा सनातन परम्परा साधनाबाट पर जानू अशास्त्रीय छ। १८) विधर्मी र नास्तिक तथा हिन्दू समाज भित्रकै भेदभाव अादि अमानवीय हरकत निस्तेज पार्न हरसंभव हतकण्डा प्रयोग गर्ने।

१९)अब हिन्दू समाजको संरचना पुरै बदल्नु छ।जात र जन्मको अाधारमा नभएर विद्या,त्याग र तपस्याका अ|धारमा ब्राह्मण बन्ने परिपाटी र अन्य सबै हिन्दूहरू एक समान बनाई यी सारा भेदोपभेद हटाई समुन्नत,वैज्ञानिक र शास्त्रीय वैदिक हिन्दू समाज बनाउन सबै नवयुवक हिन्दूहरू अ|अ|फ्नो ठाउँबाट लागौं।