विपन्नको घरदैलोमै पुगेर राहत दिने वचन दिएको आरम्भले फेरि गर्यो नया वस्तीका विपन्नलाई खाद्यन्न सहयोग

मोरंगको रतुवामाई नगरपालिकामा रहेको आरम्भ नाट्य डबली कला साहित्य मञ्चले सोही नगरपालिकामा रहेको वडा नं. ९ को नयाँवस्तीका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । विश्व नै कोभिड १९ को संक्रमणमा रहेका बेला लकडाउने पारेको प्रभावसंगै उक्त टोलका अति विपन्न ८ घरपरिवारलाई आज राहत वितरण गरिएको हो । नगरपालिकाले दिएको राहत पाउन नसकेका र पाएर पनि राहत सकिएर चुलो बल्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको सह–सचिव हरि नेपालले जानकारी दिनुभएको हो ।

राहतमा प्रत्यक परिवारलाई १५ के.जी. चामल, १ के.जी. दाल, १ प्याकेट नुन र एउटा सावुन वितरण गरिएको थियो । नया वस्तीमा ति आठ घरपरिवारको चुलोमा आगो बल्न समस्या भएको खबर पाएपछि आरम्भ परिवारले उनिहरुको घरदैलोमै पुगेर चाडै सहयोग गर्ने वचन दिएको र सोही अनुसार आज राहत वितरण गरिएको अध्यक्ष समिर सुवेदीले वताउनुभयो । आफुहरुले कुनै सरकारी तथा गौह्रसरकारी संस्थाहरुबाट सहयोग नलिइ आरम्भका कलाकर्मी र सदस्यहरुबाट रकम तथा चामल संकलन गरी राहत सामाग्री जुटाएको पनि राहत वितरणका क्रममा उहाले जानकारी गराउनुभयो ।

राहत वितरण गर्दै सुवेदीले आरम्भले जस्तै यो विपदको समयमा टोलटोलका संघ संस्थाहरु सक्रिय भई सुरक्षित तरिकाले यस्ता कार्यक्रममा अगाडि बढ्ने हो भने नगरका प्रत्यक समस्याहरुलाई सहजै सामाधान गर्न सकिने भन्दै सरकारी बजेटमा मात्र भर नपरी आफ्ना आफ्ना क्षेत्रमा तथा वडामा रहेका संघ संस्थाहरुले सक्रिय रुपमा यस्ता विपन्न परिवारहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक संघ संस्थाहरुले सरकारी बजेटको आशाले मात्र कार्यक्रमहरु अगाडि बढाउने र यस्तो विपदमा कार्य नगर्ने हो भने त्यस्ता संघ संस्थाहरुको कुनै औचित्य नरहने उहाको भनाई थियो ।

राहत सामाग्री हस्तान्तरण गर्दै आरम्भका सल्लाहाकार सदस्य रामु घिमिरेले यो विपदको समयका दुई छाक खानै समस्या परेका विपन्नहरुलाई संस्थाले सहयोग गरेको वताउनुभयो । आरम्भको यो सानो सहयोगले केही मात्रामा भएपनि राहत पुग्ने विश्वास उहाको थियो ।

राहत सामाग्री लिएपछि विपन्नहरु प्रसन्न भएका थिए । विपन्न परिवारहरुले यति राहतले अब केही दिनलाई भएपनि ढुक्क भएको भन्दै खुसि व्यक्त गर्दै आरम्भका कलाकर्मी र सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । राहत वितरण कार्यक्रममा सदस्यहरु गोमा लुईटेल, निशा खड्का, सन्जु भट्टराई सविन भट्टराई, रञ्जना बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।

आरम्भले यसअघि भने यो कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सुरुवाती दिनहरुदेखीनै माक्स सेनेटाईजर लगाएत ३ पटक भन्दा बढी राहत सामाग्री वितरण गरिसकेको छ ।