ज्योतिष विद्याभन्दा फरक आधुनिक विज्ञान ट्यार्रो कार्डबाट गरिन क्षेमताले भबिष्यवाणी ! यसरी अन्त्य हुदैछ कोरोनाको ! (भिडियो सहित)

करिब एक दशक अगाडि बेलायत आएकी क्षेमता ढकालको जीवनले सोचेभन्दा छुट्टै मोड लिन पुग्यो । नरसिंग होममा काम गरिरहेकी क्षेमता ट्यारोट कार्ड, वास्तु रेकी र स्टोनको विषयमा दुई वर्ष अध्ययन गर्न पुगिन । नाम अनुसारको काम भने जस्तै उनको क्षमताले गर्दा अहिले मानिसहरुको भविष्यवाणी हेर्ने कार्यमा व्यस्त रहेकी छिन ।

ज्योतिष विद्याभन्दा फरक तथा आधुनिक विज्ञानसँग सम्बन्धित ट्यार्रो कार्डबाट मानिसको राशिमा के भैरहेको छ भन्ने अध्ययन गरिन्छ । ट्यारोट कार्डमा तासको आकारका विभिन्न रंगी बिरंगी ७८ वटा कार्डहरू हुने गर्दछन जसमध्ये प्रत्येक कार्डको ४-५ वटा अर्थ लाग्ने गर्दछ । जसको माध्यमबाट भविष्यवाणी हेर्नका लागि करिब आधा घन्टाको समय लाग्ने गर्दछ ।

अहिलेको विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण संसार त्रसित भै रहेको अवस्थामा क्षेमता ढकाल ट्यारोट कार्ड बाट भबिष्यवाणी गरेकी छन् । यस ट्यारोट कार्ड अनुसार कोरोना को जोखिम कहिले सम्म रहन्छ र कुन महिनामा यसको अन्त्य हुन्छ भन्ने बारेमा पनि जानकारी गराएकी छन् । विस्तृत जानकारी को लागि पुरा तलको भिडियो हेर्नुहोला ।