कुनै ता,नाशाह फर्केर अब आउने क,ल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अ,तिक्रमणमा परेका नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाँले सरकारले अ,तिक्रमणमा परेको नेपाली भूभाग फिर्ता ल्याउने निर्णय गर्दे आवश्यक कुटनीतिक कदम चालेको औपचारीक जानकारी गराउनुभएको हो । उहाँले सोमबारको मन्त्रीपरिषद् बैठकले नेपाली भूमी समेटेर नक्सा पारित गरेको र केही दिन भित्र सार्वजनिक गरिने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “वर्तमान सरकारको तर्फबाट म यस गरिमामय सदनलाई अवगत गराउन चाहन्छु अब लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषय ओझेल पर्न वा सेलाउन दिईने छैन । यसको निष्कर्ष निकालिन्छ । हाम्रो भुभाग हामी फिर्ता लिएर छोड्छौ । भारतले हाम्रो भूमि बेकारको अकुपाई गरेर विवादास्पद बनाएको छ । कुटनीतिक वार्ताको माध्यमबाट ठोस पहल गरिने छ र यो भूमि फिर्ता ल्याईने छ ।”

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकाले कोही रिसाउछ कि भनेर डर मान्नुपर्ने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले मन्त्रीपरिषद् बैठकबाट नेपाली भूभाग समेटेर नक्सा पारित भईसकेको र केही दिनभित्र प्रकाशित हुने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “हामीले नेपालको नया नक्सा मन्त्रीपरिषद्बाट हिजो प्रकाशित गरेका छौ । लिम्पियाधुरा, लिपुलेक, कालापानी सहित हाम्रो भुगोल हो । १८ साल सम्म त्यहा जनगणना गर्ने तिरो उठाउने काम भईरहेको थियो । त्यसपछि त्यहा जान नदिने रोक्ने काम भयो । १९६२मा भारतीय सेना कालापानीमा बसेपछि त्यसभन्दा पश्चिमको भूभागमा जान हामी बल्क भयौ । त्यो विषय ओझेलमा पर्दै गयो । यो कुनै तमाशा गरिएको होइन । यो देखावा गरिएको होइन । यो यथार्थमा फिर्ता लिनका निम्ति गरिएको हो र हाम्रो भूभाग हो । हामी फिर्ता लिन्छौ । नक्सा पारित भएको छ हिजो । आजभोलि प्रकाशित हुन्छ । ”

नेपाली भूमि फिर्ता ल्याउने सरकारको निर्णयबाट सिंगो राष्ट्र खुसी हुने विश्वास आफुले लिएको भन्दै उहाँले नयां नक्सा अनुसारको व्यवस्था गर्दै संविधानको अनुसूची ३ संशोधन भएको दिन नेपालमा दिपावली गरिने उद्घोष गर्नुभयो । संविधानको अनुसूची ३ संशोधन गर्न संविधान संशोधनको प्रस्ताव प्रस्तुत गरिने त्यो प्रस्ताव पारित हुने विश्वास आफुले लिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “अनुसुची ३ को संसोधनलाई पारित गरेका दिन देशमा दिपावली हुनेछ । पनि उहाँले बताउनुभयो । ”

उहाँले अन्य विषयमा संविधान संशोधन गर्नुपर्ने आवश्यकता परे पछि गरिने भन्दै घुमाउरो शैलीमा मधेसवादी दलहरुले उठाउदै आएको मागलाई यसपटक संविधान संशोधन प्रस्तावमा समावेश नगरिने संकेत दिनुभयो ।

नेपाली भूभाग फिर्ता ल्याउने सरकारको निर्णयका बारेमा तथाकथित राष्ट्रवाद भनि टिप्पणी गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो “तथाकथित राष्ट्रवाद भनेर नामाकरण गरियो । विशेषण दिईएको पनि सुनियो । म साथीहरुलाई आग्रह गर्न चाहन्छु । नेपालजस्तो देशले जो दुईवटा ठूला बलिया देशहरुको बीचमा छ । यस्तो देशले तथाकथितका राष्ट्रवादको बाटो, देखावाला राष्ट्रवादको बाटो अथवा लम्पसारवादको बाटो राष्ट्रवाद नहुने बाटो समाउन हुदैन । ”

देशको भुगोल जनसंख्याले राष्ट्रियताको मापन नहुने भन्दै उहाँले सबैले राष्ट्रहरुले बराबरीको हैसियत राख्ने र स्वाधिनताको प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो ।

विदेशी हस्तक्षेपको विरोध , अधिनायकवाद आउदैन
प्रधानमन्त्री ओलीले छिमेकीले अनावश्यक हस्तक्षेप गर्नु उचित नहुने भन्दै कसैको चाहानाका आधारमा सरकार “बन्ने र ढल्न”े काम नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “जानै जानै लाग्याथ्यो । फलानो देशको राजदुतले भूमिका खेलेर फेरी अडाईदियो । नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोरी, निम्छरा बचनहरु कुनै पनि देशले नबोल्दिए राम्रो हुन्थ्यो । यो सरकार नेपाली जनताले बनाएको हो । नेपाली जनताबाट निर्वाचित हो । कुनै देशको आर्शिवादबाट बनेको, बन्ने, टिक्ने, अडिने, ढल्ने, ढाल्ने, ढालिने कल्पना नगरे हुन्छ । ”

प्रधानमन्त्री ओलीले जनादेशबाट बनेको सरकारले जनादेशलाई कदर गर्ने उल्लेख गर्दे नेपालमा कुनै तानाशाह जन्मने र अधिनायकवाद आउने संभावना नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “ अब नेपालमा कुनै तानाशाहाको उदय हुन सक्दैन । कुनै तानाशाह अब फर्केर आउने कल्पना नगर्दा हुन्छ । कुनै तानाशाहा नया तानाशाहा निस्कन्छु भन्ने कल्पना पनि नगर्दा हुन्छ । अब नेपालमा अधिनायवादको संभावना छैन ।”

भ्र,ष्टाचार
भ्र,ष्टाचार नियन्त्रण र निर्मुलन सजिलो नभएपनि नियन्त्रण गर्ने प्रयास प्रभावकारी ढंगले अगाडि बढाईएको भन्दै आलोचनाका लागि आलोचना नगर्न आग्रह गर्नुभयो । वर्तमान सरकारले छानविन गर्न थालेपछि पुराना पुराना भ्रष्टाचारका केसहरु बाहिर आएको र छानविन पछि दोषीहरु जेलमा रहेको कारवाही भोगिरहेको बताउनुभयो ।

लोकतन्त्रप्रति प्रतिवद्ध
संविधान कार्यान्वय गर्न राजनीतिक संगै भौतिक संरचना पनि निर्माण गरि संघीयतालाई कार्यान्वयन गरिएको भन्दै प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्रप्रति प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले सरकार संभ्रान्त लोकतन्त्र नभई जनताको जीवनका समग्र पक्षहरुमा सकारात्मक प्रभाव ल्याउने लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “जनताको जीवनसंग सम्पुर्ण पक्षसंग सम्बन्धीत रहेको लोकतन्त्रको कुरा गरेको हो । हामीले बोल्ने या सम्पत्ति माथिको अधिकार, चुनाव लड्न पाउने अधिकार, पक्ष प्रतिपक्ष हुन पाउने अधिकार मात्रै खोजेका होइनौ । जनताको जीवनका समग्र पक्षहरुमा सकारात्मक प्रभाव ल्याउने जनताको लोकतन्त्र खोजेको हो । संभ्रान्त लोकतन्त्र होइन ।”

प्रतिपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रमको बुँदा नम्बर ११ मा उल्लेखित परिपूर्ण लोकतन्त्र (कम्प्रिहेन्सिभ डेमोक्रेसी) को चरित्रका सम्बन्धमा प्रश्न गरेका थिए ।