जोसुकैले पैसा तिरेर अब कोरोना परीक्षण गर्न सक्ने

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म नेपालमा २ जनाको मृ,त्यु भइसकेको छ भने सं,क्रमितको संख्या ४ सय नाघेको छ । नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

अहिलेसम्म नेपालमा कोरोनाको लक्षण देखिएकालाई सरकारी तवरबाट परिक्षण गराइदै आइएको थियो । तर अब भने कोरोनाभाइरस सं,क्रमणको लक्षण नदेखिएकाले पनि परिक्षण् गर्न पाउने भएका छन् । कोरोनाको लक्षण नदेखिएपनि शुल्क तिरेर पीसीआर परिक्षण आँफै गराउन पाइने बताइएको छ । अहिले एक जनालाई परीक्षण गराउन रु १५ हजार लाग्ने गरेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार अब इच्छा लागेका ब्यक्तिले शुल्क तिरेर स्वेच्छाले परीक्षण गर्न पाउनेछन् । पीसीआर परीक्षणको दायरा बढाउने उदेश्यले तोकिएको स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्नेमा जनाइएको छ ।