सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युलाइ ज्वाला संग्रौला को खुल्ला पत्र सामाजिक संजाल मार्फत !

ज्वाला संग्रौला जापान,  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु, लिपुलेक र कालापानी नेपालको नक्सामा अटाउँछु भन्ने तपाँईको अभिव्यक्ति लाई सम्मान गर्दै आज म तपाँईलाई थोरै बिगतको नेपालतिर फर्काँउँदै छु! बि सं २०१६ सालमा बि पी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको दुइ तिहाइ बहुमतको सरकार थियो। त्यतिबेला तीब्बत र चीन अलग अलग देश थिए! तर जब चीनले तीब्बत अतिक्रमण गर्यो, तिब्बती धर्मगुरु दलाइ लामा भारतको शरण लिन बाध्य भए! उता तिब्बतको सार्बभौमिकता चीनले लुटेको र आफ्ना गुरुलाई देशमा बस्ने अधिकारबाट बन्चित गराईएको भन्दै केहि तिब्बतीहरुले बिद्रोहको आगो सल्काए!

जुन बिद्रोहलाई ईतिहाँसमा खम्पा बिद्रोहको नामले चिनिन्छ ! त्यसपछि ठूलो चिनिया सेना ती खम्पा विद्रोहीलाई खेद्धै नेपाली सीमाभित्र पनि पसे! जब तत्कालिन प्रधानमन्त्री बिपि कोईरालाले त्यो सूचना पाए , उनले लगत्तै राजा महेन्द्रसँग भने, “ सरकार , बिद्रोही लखेट्ने बहानामा चिनिया सेना हाम्रो भूमिभित्र छिरेको छ! यो हाम्रो लागि खतरा हुन जान्छ! “ यो सुन्ने बित्तिकै तत्कालिन राजले बि पी कोइरालाई तुरन्त नेपाली सिमामा सेना परिचालन गर्नु भनि आदेश दिए! ठूलो संख्यमा नेपाली सेना घोडामा चढेर बिकट उकालो चढ्दै चिनिया सेनाले टेकेको नेपाली सिमानामा पुगे! यस्तैमा चिनिया सेनाले खम्पा बिद्रोही भनि नेपाली सेनाको नेतृत्व गरिरहेका सेनाका सुबेदार बम बहादुर लाई गोली हानेर घोडाबाट झारे !

तत्कालै उनको मृत्यु भयो। उनको मृत्यु पश्चात नेपालभित्र ठुलो हंगामा मच्चियो! बि पी ले तुरुन्तै चीनका प्रधानमन्त्री चाउ एन लाए समक्ष नेपालको सीमाभित्र चिनिया सेना घुसेर नेपाली सेना मारेको कुरा नेपाललाई असैह्य छ भन्दै कडा बिरोध पत्र पठाए। ठीक त्यहि बेला दाउ हेरेर बसेको भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतको लोकसभामा ”चीनले नेपालको उत्तरी सीमामा गरेको गतिबिधि भारतलाई सैह्य छैन, नेपाली भुमि माथिको हस्तक्षेप भारतले आफ़ुमाथिकै हस्तक्षेप सम्झनेछ” भनेर बक्तब्य दिए! ।

नेहरुको त्यो बक्तब्यको लगत्तै नेपालका प्रधानमन्त्री बि पी कोइरालाले भारतीय प्रधानमन्त्रीको बक्तब्य प्रति आपत्ति जनाउँदै नेपाली भुमि माथिको अतिक्रमण नेपालको नितान्त आन्तरिक मामिला हो र नेपाल सार्बभौम राष्ट्र भएकोले यसको प्रतिकार गर्न आफै सक्षम छ, त्यसैले भारतले तुरन्त यो अभिव्यक्ति फिर्ता लगोस् भनि नेपालको संसदमा आक्रमक बक्तब्य दिए। भारतका प्रधानमन्त्रीले फेरि ”मेरो अघिल्लो बक्तब्यप्रति नेपालको प्रधानमन्त्रीको असन्तुष्टि आएकोले सो बक्तब्य फिर्ता लिदै नेपालीको भावनामा परेको चोट प्रति क्षमा चाहन्छु” भनि क्षमायाचना सहित अर्को बक्तब्य जारी गरे।

उता भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले माफी मागेको अर्को दिन चिनिया प्रधानमन्त्री चाउ एन लाएले पनि चिनीया सेना नेपाल घुसेर नेपालको सेनालाई मारेको प्रति नेपाल संग क्षमा माग्दै रु ५०,००० क्षतिपूर्ति सहितको चिट्ठी नेपालका प्रधानमन्त्रीलाई पठाए!!

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु , हाम्रो नेपालसँग यस्ता कैयौं स्वाभिमान, अडान र बीरताका इतिहासहरु छन् जो मलाई भन्दा पनि बढि तपाँईलाई थाहा होला! अहिले देश संकटकालबाट गुज्रिरहेको छ! दुई तिहाईको बर्तमान सरकारले यस्ता इतिहाँसका पानाहरु पल्टाउँदै भारतले लिपुलेक र लिम्पियाधुरामा गरेको अतिक्रमणप्रति चाँडोभन्दा चाँडो उपयुक्त कदम चालिहालोस् !

नागरिकको तर्फबाट के सहयोग चाहिन्छ , बरु भन्नुहोस्! मातृभूमिलाई माया गर्ने देश बिदेशमा छरिएका हरेक आम नेपालीहरु सहयोग गर्न तयार हुने छन्! जलिरहेको देश हेरेर बाँसुरी बजाउने निर्दयी निरो जस्तो हुन इतिहाँसका कुनै कालखण्डहरुमा कुनै देशमा कुनै शासकलाई छुट थियो होला , तर हाम्रो नेपालमा यो छुट छैन प्रधानमन्त्री ज्यु ! नयाँ पोलिटिकल म्याप सार्बजनिक गरेर मात्र हुन्न तुरन्त सीमा सुरक्षाको लागि कडा कदम चाल्नुहोस्..! देश बचाउँन के के गर्नु पर्ने हो,सबैथोक गर्नुहोस्..!
#जय_देश????

यो सामग्री सामाजिक अभियन्ता / लेखिका ज्वाला संग्रौला को फेसबुक बाट साभार गरिएको हो !