चलचित्र कोपिलाले डिसहोम च्यानलमा प्रर्दशनको दोश्रो हप्ता प्रबेश

चलचित्र कोपिलाले डिसहोम च्यानलमा प्रर्दशनको दोश्रो हप्ता प्रबेश गरेको छ । चलचित्रले दर्शकहरुको राम्रो साथ पाईरहेको बताईएको छ । चलचित्रले मंगलबार देखी दोश्रो हप्ता प्रबेश गरेको हो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्रलाई डिसहोम च्यानल मार्फत प्रर्दशनमा ल्याईएको थियो ।

चलचित्रलाई दर्शकहरुले रुचाईएको पाईएको छ । चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ बाट रिलिज गरीएको हो । गत बैशाख ३० गते मंगलबार देखी दैनिक ८ शो प्रदर्शन हुदैै आएको कोपिलाले दर्शकहरुको प्रतिक्रिया पनि राम्रै पाईरहेकाले चलचित्रले ब्यपार पनि राम्रै गरीरहेको डिसहोम ओ ई पि एल का अध्यक्ष दयाराम पाण्डेले बताउनु भयो ।

चलचित्रमा शिभम अधिकारीको लेखन तथा निर्देशन रहेको छ भने संचारकर्मी मणिराज गौतम,गणेश गिरी,सुबास काफले,समिर मिया र रामेश्वर काकीले संयुक्त रुपमा लगानी गरेका हुन ।
चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसंगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको छ ।