परदेशी नेपालीकाे एउटै आवाज : जीवन शर्मा (भिडियो सहित)

जीवन शर्मा,
परदेशी नेपालीकाे एउटै आवाज, नेपाल हाम्राे प्याराे घर त्यही हाे संसार । कैयाैं नेपालीकाे विदेशमा काम खोसियो,दाम खाेसियाे अनि माम पनि खोसियो । उनीहरू लौ न सरकार ! देशमा फर्कने व्यवस्था मिलाऊ ! भन्दै विदेशबाट अनुनय विनय गरिरहेका छन । परदेशमा असह्य पीडा खेपिरहेका ती नेपालीकाे उद्धार गर्न ढीलाे भइसकेकाे छ । हामी देश भित्र रहेका सारा नेपालीको एउटै स्वर छः ” विदेशमा तडपिइरहेका ती सारा नेपालीलाई छिटै स्वदेश फर्काऊ ! ” देशमा रहेका भए पनि विदेश गएका भए पनि यो देश नेपाली सबैको साझा हो । देशभित्र बाँच्न पाउने सबैको समान अधिकार छ ।

परदेशी नेपालीले मुटुभित्र नेपालकाे तस्वीर सधैँ सजाएर राखेका हुन्छन । उनीहरू कहिले देशमा फर्कन पाइएला भनेर दिन गन्दै बसिरहेका हुन्छन । यस्तै मनाेदशामा जीवन व्यतित गरिरहेका नेपाली कथा हाे याे गीत ।

मिठो अन्तरबार्ता पनि हेर्नुहोला