कोलेस्ट्रोल भनेको के हो ? यसलाई कसरी घटाउन सकिन्छ ? TG बढे के गर्ने ? डाक्टरको सुझाव यस्तो छ

प्रल्हाद घिमिरे पोखरा,
कोलेस्ट्रोल रगतमा भएको बोसो ( लिपिड ) को एक प्रकार हो । यसको उत्पादन कलेजोमा हुन्छ र रगतको माध्यमबाट कोषहरू सम्म पुग्दछ । कोलेस्ट्रोल आवश्यकता छ तर रगतमा आवश्यकता भन्दा बढी मात्रामा रहेमा यसले शरीरलाई नराम्रो असर गर्दछ । आवश्यकता भन्दा बढी कोलेस्ट्रोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्याएर रक्तप्रवाहमा अवरोध पुर्याउँछ ।

यसरी कोलेस्ट्रोलको कारणले धमनी बन्द हुन् गएमा वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने (ऐँठन हुने ) तथा पक्षघातजस्ता समस्या देखापर्न शुरु गर्दछ । बेलैमा सावधानी अपनाउन सकिएन भने यसले जटिल अवस्था निम्त्याउन सक्छ । जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुन सक्छ । कोलेस्ट्रोल दुई प्रकारका हुन्छन् । एलडीएल र एचडीएल ।

एलडीएल कोलेस्ट्रोललाई नराम्रो मानिन्छ भने एचडीएललाई राम्रो मानिन्छ । किनकि रगतमा एलडीएल कोलेस्ट्रोलको मात्रा बढी छ भने छ भने हृदयघात तथा स्ट्रोकको जोखिम बढी हुन्छ । यसै बिच आज हामी समाचारपाटी डटकममा पोखराको सभागृहमा रहेको पोखरा सुपर स्पेसियालिटी हेल्थ क्लिनिकका वरिष्ठ मधुमेय, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर तारा कोइरालासंग कोलेस्ट्रोलको विषयमा कुराकानी गर्दैछौँ ।

हेर्नुहोस यो कुराकानी ।