सिमा लगायत खाडीमा छटपटाई रहेका नेपालीलाई देउडा गित बाटै आवाज उठाइन आरतीले

देउडा गीत
कोरोना को कहर (झेलखाना)
लेखक-दीपक बोगटी
परिमार्जन- आरती बिष्ट

भारत बाट नेपाल तिर कैल सरिन्याहो
स्वदेस प्रवेश हुन्या हो कि यतै मरिन्याहो।
केइ हेर्दैन ठुला साना बुढा रे तरुना
प्रदेश का नेपालिलाइ काल भयो कोरोना।।१

नेपाल जाउँ त कसरी जाउँ सिमाना बन्द छ
भारत सरकार भोकै नाङ्गै यै बस भन्दछ।
भोक लागे भोजन छैन गोजि मा दाम छैन
बाँस बस्ने झुपडी छैन बजार मा काम छैन।।२

बिदेश आए रेलिमै तिर्छु रिन भनेर
रुदै होलिन रेलिमै आमा दिन गनेर।

लागेकै छन समाज सेवि केइ राहत दिनलाइ
जिउ जोगाउन गाह्रो भयो काल आइजा लिनलाइ।
लाग्या को काम बन्द भयो भोक छैन निन छैन
मन मेरो रोएको रोएइ हाँसेको दिन छैन।।३

भोकै रुन्छौं कोठा भित्र भारत का कुना
हाँसो लग्यो कोरोना ले अाँशु मात्रै चुना।
होटल बन्दै बजार बन्दै न आउना न जाना
न लाउनालाइ लुगा फाटाे न खान लाई खाना।।४

घर को याद रेलिमै आइरन्छ अति
भित्र भित्रै रेलिमै पोल्दैछ यो छाती

घर धान मुसाले खायो बन्बै छ भोकमारी
बा आमा लाई मेरै चिन्ता होला कठै बरि।
लक डाउन भयो कोरोनाले कार्खाना भो मन्द
जिन्दगी झेलखाना भयो कोठा भित्रै बन्द।।५

यो पापी पराइ का देश आउने छैन कैले
मरे पनि आफ्नै देश मा भन्छु अब मैले।
लक डाउन खुल्या घर जाउला बा आमा भेटौंला
आफ्नै देशको पानी पिउला तिर्सना मेटौंला।।६

कोठा भित्रै रेलिमै छु भोकै बसेको
कर्मै रैछ रेलिमै खरानी घसेको।।

!! धन्यवाद !!