भारतीय दादागीरी बिरुद्ध आवाज उठाउने एउटा साहसी अशक्त युवा (भिडियो सहित)

अहिले सामाजिक सञ्जाल र देशको राजनीति नेपाल-भारत सीमा विवादको कारण फेरि एकपटक तातेको छ । धेरै जनाले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् भने कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन् ।

नेपाल-भारत सीमा विवाद चलिरहदा गायक संगीतकार निलमणी भण्डारीले आफ्नो भावानाहरुलाई समेटेर राष्ट्रियताले ओतप्रोत गीत सबैको मन छुने सार्वजनिक गरेका छन्।

हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने हो कि बन्ने हो कि भन्ने चिन्ता यस गीतमा व्यक्त गरिएको छ। गीतमा शब्द, संगीत , स्वर र संगीत संयोजन स्वयम् गायक निलमणी भण्डारीको रहेको छ । नेपाललाई माया गर्ने हरेक नेपालीले गीतलाई शेयर गरिदिन गायक पौडेलले आग्रह गरेका छन् । हेर्नुहोस उक्त प्रस्तुति मन छुने सबै नेपालीको भिडियो :