प्रेसकाउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण :

कोरोनाको कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा अधिक सहुलियतको निम्ति हामी प्रयत्नशील छौं ! सङ्गसङ्गै केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई समेत एउटा टुङ्गोमा नपु¥याइनहुने अवस्थामा सरोकारवाला सबै निकायहरूसँग छलफलमा छौंं । पत्रकार आचारसंहिताभित्र रहेर गरिएका गतिविधिमा कुनै मानवीय त्रुटि हुन गए सच्याउने विधि र प्रक्रिया छन् । आफै नियम कानूनको परिधिभित्र नरही गैह्रपेशागत र गैह्रकानूनी हर्कत गर्दाको हकमा आइपर्ने समस्याको जिम्मेवारी स्वयंले लिनुपर्ने ब्यहोरा दुःखका साथ अवगत गराउन बाध्य छौं । सीमा नाघेर गरिने कर्मलाई प्रेस स्वतन्त्रताको रूपमा नबुझिदिनसमेत बिनम्र आग्रह गर्दछौं ।

यसबीच कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्वीर र वैयक्तिक विवरण राखी सामाजिक सञ्जालमा पोष्ट भएका, अनलाइन सञ्चामाध्यमहरूबाट सम्प्रेषण भएका घटनाहरूप्रति पनि काउन्सिलको ध्यानाकर्षण भएको छ । यसरी सम्प्रेषण गर्दा वैयक्तिक गोपनियताको प्रतिकूल हुनुका साथै मानवीय समवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने हुँदा आमपत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तालाई थप सावधानी अपनाउनतर्फ समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।

(रामशरण बोहरा)
उप–प्रशासकीय अधिकृत

साभार : प्रेसकाउन्सिलनेपाल