भारतलाई धक्का ! लिपुलेक समेटेर नक्सा बन्ने !! बल्ल नेपाली आँट देखियो

स‌ंसदमा प्रस्तुत नीति तथा कार्यक्रममा नेपाल सरकारले भारतसँग रहेको सीमा विवाद हल गर्न कूटनीतिक पहल गर्ने र लिम्पियाधुरासम्मको भूभाग समेटेर नेपालको नक्सा जारी गर्ने बताएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको भन्दै त्यसलाई प्राप्त गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यम प्रयोग गरिने उनले उल्लेख गरिन्।

लिपुलेक क्षेत्रमा बनाएको सडक भारतले उद्घाटन गरेपछि दुई देशबीच विवाद झनै गहिरिएको बेला नीति तथा कार्यक्रममा उक्त विषय पनि परेको हो।

राष्ट्रपति भण्डारीले देशको अन्तर्राष्ट्रिय सीमा संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।