भोजले आलोचित भएपछी रबि, दीपक र पूजाले दिए यस्तो जवाफ (भिडियो सहित)

काठमाण्डौ/ बिवाद र आलोचित भएपछी चर्चित पत्रकार रबि लामिछाने, नायिका पुजा शर्मा र अभिनेता तथा निर्माता दिपक राज गिरिले आ-आफ्नो तर्फबाट स्पष्टिकरण राखेका छन् । सामाजिक संजालबाट भाईरल भएपछी उनीहरुले एक-एक स्टाटस आफ्नो सामाजिक संजाल फेसबुकमा राख्दै सो घटनाबारे प्रष्ट पारेका हुन् । लकडाउनमा बजार निस्केको भन्दै पत्रकार रबि लामिछाने सहित केहि कलाकार र सिने पत्रकार उत्सब रसाईली मजाको पात्र बनेका थिए ।

यति धेरै आलोचना र विवाद पक्कै हुने थिएन तर टेलिभिजन कार्यक्रममा रबिले भनेको टिकटक लगायतका सामाजिक संजालहरुमा चर्चित सन्देश त तपाईँलाई थाहै होला । जुन भनाई यस्तो थियो, ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोल हालेर खाउँ तर बाहिर नजाउँ, बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’। यसैका कारण यो विवाद चरमोत्कर्षमा पुगेको हो ।

सो विवादमा रबि लामिछाने सहित उनकी पत्नी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा टिभी फिल्मीकी अध्यक्ष निकिता पौडेल, अभिनेता दीपक राज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौला, नायिका पुजा शर्मा, अभिनेता किरण केसी, अभिनेता अनुराग कुँवर, पत्रकार उत्सव रसाईली लगायत मुछिए ! सार्बजनिक विवादित भिडियोमा कुनै घरमा भेला भएर मस्ती तथा बिभिन्न परिकारहरु बनाई खाँदै गरेको र सबै एकै ठाउँ रहेर भोजन गरिरहेको देख्न सकिन्छ ।