‘नाचौँ छमछम’ लिएर आए अभय ढुंगेल (भिडियो सहित)

नेपाली लोक संगीतमा २ दसक पार गरिसकेका गायक संगीतकार अभय ढुंगेल यतिबेला अमेरिका बसाईंमा छन्। बिशेषगरि टिपिकल पुर्बेलीभाकाहरुलाई टिपिक्क टिपेर सदाबहार गित बनाउन सक्षम अभयले केहि बर्षको अन्तरालमा अर्को दमदार टिपिकल भाका लिएर आएका हुन् ।

‘मनपर्ने एउटी साली छ’, ‘सुपारी जाईको माला’ ,’आकाशैमा’ जस्ता चर्चित तथा सदावहार गीतका सर्जक तथा गायक ढुंगेलले पुर्वेली जुहारी ‘नाचौँ छमछम’मार्फत गाउँघर सम्झेका हुन् ।

ओखलढुंगेली श्रस्टा अभय ढुंगेलको सृजनामा तयार भएको यस गीतमा ढुंगेलको साथमा राजशुक्र लिम्बु, रुस्मा राई र फुङमा तुम्रोक लिम्बुले स्वर दिएका छन् ।

मनोरञ्जन नेपालको यूटुव च्यानलबाट विश्व बजारमा पठाईएको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा), निरन्जली लामा, शिशिर श्रेष्ठ र शशिकला राईको मौलिक नृत्य हेर्न पाईन्छ ।

भिडियो निर्देशन शिशिर श्रेष्ठ गरेका छन् ।

गायक तथा लोक संकलक अभय ढुंगेल चर्चित लोक गायक नबिन ढुंगेलका सुपुत्र हुन्।

भिडीयो