लिपुलेक को विषयमा बन्यो यस्तो गीत “गोर्खालीको शान “भिडियो सहित

आर पोखरेल, काठमाडौँ ।
नेपाली गीत संगीतहरुमा मातृभुमी प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देश प्रति समर्पित गीत “गोर्खालीको शान “को भिडिया सार्वजनिक भएको छ ।

गोखार्ली ले गरेको योग्दान र पुर्खाले गरेको बलिदान बाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दैँ गीतमा देश प्रतिको मायालाई समेटिएको छ । सार्वजनिक गीतमा गायक कृष्ण के सी र गायिका सोनु घिसिङको आवाजमा रहेको गीत बजारमा आए सगैँ चर्चाको शिखरमा रहेको छ ।

सुवास जिसीको शब्द तथा कृष्ण केसीको संगीतमा तयार पारिएको गीतमा देश प्रतिको माया र स्नेहलाई समेटिएको छ ।विदेशीको हस्तक्षेपबाट नेपालको भृुमी गुम्न नदिनको लागी गीतले नेपालीलाई एकजुट हुन आग्रह गरिएको छ । सुवास जिसीको छायाँकन , पवित्रा जिसीको सम्पादन तथा सुवास जिसीको निर्देशन रहेको छ ।

“गोर्खालीको शान “ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस

भारतले नेपाली भूमि लिपुलेक हुँदै तीब्बतको मानसरोबर जोड्ने ट्र्याक खोलेर उद्घाटन गरेको विरोधमा निस्किएका ३० जनालाई काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गर्दै सोमबार दिउँसोसीमा रक्षा अभियानका अभियन्ता तथा विद्यार्थीहरुले विरोध गर्दै निस्किएपछि नियन्त्रणमा लिइएको जानकारी गराइएको छ ।

लकडाउनको समयमा पाँच जना भन्दा बढी जम्मा हुन नपाइने भएकाले हुल नै निस्किएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएकाहरुलाई पुलिस क्लबमा राखिएको जानकारी गराइएको छ । विरोध प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाएका छन् । यसै बिषय बस्तुमा केन्द्रित हुदै गायक निलमणी भण्डारी ले पनि आफ्नो गित संगीत माफत सरकारको धयानआकर्षण गराउनु भएको छ ।
हेरौ भिडियो :