Thursday, Apr 15 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
बिहिबार, ०२ बैसाख २०७८
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

जेष्ठ २ गते शुक्रबार बि.सं. २०७७ साल पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ScotNepal May 13, 2020
55K Shares
Share
Tweet
WhatsApp
Vibe

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं. २०७७ साल जेष्ठ २ गते शुक्रबार
आजको राशिफल बि.सं.२०७७ साल जेष्ठ २ गते शुक्रबार ई. सं. २०२० मे १५ , नेपाल सम्बत ११४० बछलाथ्व अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण अष्टमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, एन्द्र योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१५ बजे, सूर्यास्त साँझ ०६ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय विहान ६ बजेर ५७ मिनेट देखि १० बजेर १९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन । प्रतिस्पद्र्धीहरू परास्त हुनेछन । गृहिणीहरूले सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । छात्रछात्राका लागि अध्ययन अध्यापन सफल रहेको छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि प्राप्त हुनेछ । नोकरी र रोजगारी क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । प्रेमीप्रेमिकाका बीचको सम्बन्ध सुदृढ बन्नेछ । साँझसम्म कुनै आर्थिक लाभको समाचार प्राप्त गर्न सकिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आज मातापिता वा कुलका बयोबृद्ध सदस्यको आशीर्वादले काम गर्नसक्ने समय हो । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । गृहिणीहरूले परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आफन्तबाट सहयोग प्राप्त हुने छ । जागीर खोज्ने विद्यार्थीले रोजगारीको राम्रो अवसर हात पर्न सक्छन । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छन, प्रशंसा, बढुवा वा उन्नतिका अवसर मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज भाग्यबल राम्रो छ, नयाँ उद्योगधन्दा वा कलकारखाना सुरु गर्न आजको दिन अनुकूल देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । विद्यार्थीहरूको पठनपाठनमा प्रगति हुनेछ र अन्य सबैमा दार्शनिक र आध्यात्मिक भावनाको विकास हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – गृहिणीहरूले आज सानातिना काम र घरेलु समस्यामै अल्मलिएर समय बिताउनु पर्नेछ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ, यात्राका क्रममा हरहमेशा सचेत हुनुपर्छ । प्रायः सबैको पारिवारिक जीवनमा समेत निरसता छाउने समय छ । त्यस्तै व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत हुनु ठीक हुन्छ । विवाद, झैझगडामा फँस्नु राम्रो होइन, नत्र ठूलो लफडा ब्यहोर्ने दिन छ । लेनदेनको विवाद, कुनै पुरानो समस्या वा सम्झनाका कारण चुनौती र तनाव झेल्नुपर्ने समय भएकाले आज कुनै परिस्थितिमा पनि आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन । तर देशपरदेश र दूरदराजका क्षेत्रमा बस्नेले लाभ पाउने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सुरुमा छैटौं चन्द्रमा भए पनि दिउँसोदेखि आनन्द र खुसीको वातावरण प्राप्त हुने समय देखिन्छ । बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । विद्यार्थीवर्ग र प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । गृहिणीहरूले छोराछोरीबाट सन्तोष प्राप्त गर्नेछन । झगडा वा किचलोमा पनि समय दिनुपर्ने दिन छ, अनि विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको मूल्याङ्कन र छलफल गर्ने समय छ । छात्रछात्रा मनोरञ्जनात्मक क्रियाकलाप वा प्रेम तथा प्रणयप्रसङ्गमा भुलिनसक्छन । बन्दव्यापारबाट लाभै देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पठनपाठनमा मन जानेछ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । विद्यार्थीहरूको लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । अरुको पनि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । सुरुमा पैसाको मामिलामा खासै फरक नपरे पनि साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । गृहस्थीहरूमा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सामाजिक र परोपकारका काममा दिलचस्पी बढ्ने समय छ, त्यस्तै आजको दिन कुनै लामो समयदेखि हाँके र ताकेको पुरानो काम बनाउने समय हो, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु चाहिं राम्रो हुँदैन । दिउँसोबाट आफ्नै कामकाजमा घोरिनुपर्ने भएकाले साथीसङ्गी वा इष्टजनको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च गर्नुपर्ने परिस्थिति छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा खासै उपलब्धी हुँदैन । शरीरमा आलस्य र तन्द्रा जाग्ने दिन हो, मन अशान्त बन्नसक्छ, तनाव र उल्झन झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाइने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । भोज वा पार्टीमा सहभागी बन्ने समय छ, मेवामिष्ठान्न आदि खाने अनुकूलता हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कर्मचारीले विशिष्टजन वा हाकिम खुसी पार्ने समय हो । छात्रछात्राले गुरुजन वा अग्रजको सल्लाहले नसुल्झिएको गुत्थी सुल्झाउन पाउने छन । गृहिणीहरूमा परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन । आज सबैका लागि दिनदुःखीलाई सानो सहयोग गरेमा भाग्योन्नतिको अवसर पाउन सक्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ । बोलीमा मिठास आउने छ । छात्रछात्राले मौखिक क्रियाकलापबाट लाभ पाउने छन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ, आजबाट मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । तर आजको दिन दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै हुने समय छ । अब नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गरी छाड्ने समय हो, दिन ढल्दै जाँदा निर्णय सबल बन्दै जानेछ, त्यसैले धैर्यता र संयमताका साथमा काम गर्ने दिन छ । छात्रछात्राले प्रतियोगितात्मक क्रियाकलापबाट लाभ पाउने छन । बन्दव्यापारमा संलग्नहरूका लागि धनागमको बाटो सहज देखिन्छ, आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा सहभागी बन्नुपर्ने भएकाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ । गृहिणीहरूका लागि घरायसी वातावरणसमेत निराशापूर्ण हुनेछ, पुरानो लेनदेन वा प्रशासनिक झमेलाले पिरोल्न सक्छ । खानपिनको समयमा पनि हेरफेर हुने समय छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । गरेका काममा सोचेबमोजिम साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने दिन हो, छात्रछात्राले मनोरञ्जनात्मक क्षेत्रमा ध्यान दिनाले पठनपाठन बिथोलिने समय छ ।

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० – पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । विद्यार्थीहरूले पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । विश्वासको वातावरण बन्नेछ । आत्मबल र निर्णय क्षमतामा बृद्धि हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ ।

शुभरङ्ग स् कालो, शुभअङ्क स् ३, शुभदिशा स् पश्चिम, इष्टदेवता स् सरस्वती माता, अशुभ रङ्ग स् घिउरङ्गरक्रिम, अशुभ अङ्क स् ६, अशुभ दिशा स् दक्षिण, कार्यसिद्धि मन्त्र स् ॐ नीलसरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या स् २३, के गर्ने स् छोराछोरीको उन्नतिरप्रगतिको जानकारी लिने, के नगर्ने स् ठूलाबडा र मान्यजनको बेवास्ता

बृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० – स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । गृहिणीहरूको पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । छात्रछात्रा प्रतिस्पर्धात्मक क्रियाकलापमा सफल हुनेछन् । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापाररव्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ ।

शुभरङ्ग स् ध्वाँसे, शुभअङ्क स् ६,  शुभदिशा स् दक्षिण, इष्टदेवता स् महालक्ष्मी, अशुभ रङ्ग स् कलेजी, अशुभ अङ्क स् ५, अशुभ दिशा स् पूर्व, कार्यसिद्धि मन्त्र स् ॐ भूमिदेव्यै नमः न्यूनतम जापसङ्ख्या स् २३, के गर्ने स् हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने, के नगर्ने स् लोभ र मोह

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० – आज गृहिणीहरूले परोपकारी काममा खट्नु पर्ने दिन छ । दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । विद्यार्थीहरूले ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिकरसामाजिक क्षेत्रमा समय दिन सकिन्छ । तर्कवितर्क र प्रतिस्पर्धामा विजयी भइने छ । घरपरिवारमा सुमधुर वातावरण सिर्जना हुनेछ । साथीभाइले सकेको सहयोग गर्नेछन् । प्रेम र प्रणयप्रसङ्गका लागि पनि समय अनुकूल छ । सानो प्रयासले भाग्यबल बृद्धि गर्न सकिने दिन छ ।
शुभरङ्ग स् सेतो वा पहेंलो, शुभअङ्क स् ५, शुभदिशा स् पूर्व, इष्टदेवता स् कुलगुरुरशिवजी, अशुभ रङ्ग स् चम्किलोरउज्यालो, अशुभ अङ्क स् ४, अशुभ दिशा स् उत्तर
कार्यसिद्धि मन्त्र स् ॐ गुरवे नमः, न्यूनतम जापसङ्ख्या स् १९, के गर्ने स् बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग, के नगर्ने स् आडम्बर र ढोंगीपन

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० – भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । छात्रछात्राले गरेको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । कर्मचारी र जागिरेहरूको हाकिम वा सिनियर्ससँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ वहन गर्नेछ । आज कसैले पनि नयाँ साथीभाइलाई झट्ट विश्वासमा लिनु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दाम्पत्य जीवन पनि निराशापूर्ण नै रहने छ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।
शुभरङ्ग स् कालो, शुभअङ्क स् ८,  शुभदिशा स् उत्तर, इष्टदेवता स् कालभैरव, अशुभ रङ्ग स् हरियो, अशुभ अङ्क स् ३, अशुभ दिशा स् पश्चिम, कार्यसिद्धि मन्त्र स् ॐ कालभैरवाय नमः, न्यूनतम जापसङ्ख्या स् १०, के गर्ने स् उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्, के नगर्ने स् असुरक्षित यात्रा

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे० – मन रोमान्टिक र भावुक बन्नेछ । रमझम र मनोरञ्जनमा आकर्षण बढ्न सक्छ । आज प्रायः सबैको घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवद्र्धक समय छ, आम्दानी बढ्न सक्छ । दिन ढल्दै जाँदा जिम्मेबारीबोध बढ्दै जानेछ, रामरमाइलो त्यागेर व्यवसायिक गतिविधिमा संलग्न हुन मन लाग्नेछ । आम्दानीका दृष्टिले नराम्रो छैन, तर विलासिताका क्षेत्रमा खर्च बढ्न सक्छ । छात्रछात्रा रामरमाइलोमा भुलिने समय छ ।
शुभरङ्ग स् गुलाबी वा सिन्दूरे, शुभअङ्क स् ७, शुभदिशा स् पश्चिम, इष्टदेवता स् शिवर्पावती, अशुभ रङ्ग स् पहेंलो, अशुभ अङ्क स् २, अशुभ दिशा स् दक्षिण
कार्यसिद्धि मन्त्र स् ॐ गृहलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या स् ११, के गर्ने स् परिवारमा अधिकतम समय दिने, के नगर्ने स् ख्यालठट्टा र जिस्क्याउने काम

कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० – लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । छात्रछात्राहरूले प्रतिस्पर्धा र तर्क वा विवादका क्षेत्रमा सफलता पाउने छन् । कर्मचारीहरूले न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन ।

शुभरङ्ग स् हलुका सेतो, शुभअङ्क स् ६, शुभदिशा स् दक्षिण, इष्टदेवता स् भगवान् शङ्कर, अशुभ रङ्ग स् सुन्तलेरगुलाबी, अशुभ अङ्क स् १, अशुभ दिशा स् पूर्व
कार्यसिद्धि मन्त्र स् ॐ रां राहवे नमः, न्यूनतम जापसङ्ख्या स् ०८, के गर्ने स् समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने, के नगर्ने स् स्वास्थ्यप्रति बेवास्ता

तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० – आत्मबल बढ्ने समय छ । छात्रछात्राका लागि शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । जागिरेहरूका लागि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । गृहिणीहरूले छोराछोरीबाट सन्तुष्टि प्राप्त गर्नेछन् । व्यवसायीहरूले बन्दव्यापारबाट लाभ पाउने समय छ । बन्धुबान्धव र दाजुभाइका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । प्रायः सबैलाई विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ ।

शुभरङ्ग स् हलुका नीलो वा हरियो, शुभअङ्क स् १, शुभदिशा स् पूर्व, इष्टदेवता स् सरस्वती माता, अशुभ रङ्ग स् कालो, अशुभ अङ्क स् ३, अशुभ दिशा स् उत्तर, कार्यसिद्धि मन्त्र स् ॐ सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या स् ०७, के गर्ने स् सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने, के नगर्ने स् बुद्धिको दुरुपयोग

बृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० – चन्द्रमा अशुभ घरमा छ, त्यसैले तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको राम्रो हुन्छ, यद्यपि शुभ ग्रहको दृष्टि रहेकाले मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ । सायंकालमा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ ।

शुभरङ्ग स् रातो वा पहेंलो, शुभअङ्क स् ४, शुभदिशा स् उत्तर, इष्टदेवता स् भगवती दुर्गा, अशुभ रङ्ग स् गाढा नीलो, अशुभ अङ्क स् २, अशुभ दिशा स् पश्चिम, कार्यसिद्धि मन्त्र, स् ॐ नमश्चण्डिकायै, न्यूनतम जापसङ्ख्या स् ११, के गर्ने स् पतिरपत्नी, प्रेमीरप्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने, के नगर्ने स् घरपरिवारका कुरामा बेवास्ता

धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० – आज विद्यार्थीहरूले पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । प्रायः सबैका लागि बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । बन्दव्यापारमा सोचेको फाइदा हुने दिन छ । आम्दानीमा बढोत्तरी हुनेछ । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोलीवचनमा कडापन त्यागेको राम्रो हुन्छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

शुभरङ्ग स् गाढा नीलो, शुभअङ्क स् ३, शुभदिशा स् पश्चिम, इष्टदेवता स् गणेश, अशुभ रङ्ग स् गुलाबी वा सिन्दूरे, अशुभ अङ्क स् १, अशुभ दिशा स् दक्षिण, कार्यसिद्धि मन्त्र स् ॐ सिद्धिविनायकाय नमः, न्यूनतम जापसङ्ख्या स् ०८, के गर्ने स् साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण, के नगर्ने स् घमण्ड

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० – मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । छात्रछात्राको पठन–पाठनमा प्रगति हुनेछ । कर्मचारीहरूले विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल बन्नुहुने छ ।

शुभरङ्ग स् घिउ रङ, शुभअङ्क स् २, शुभदिशा स् दक्षिण, इष्टदेवता स् लक्ष्मी माता, अशुभ रङ्ग स् पहेंलो, अशुभ अङ्क स् ९, अशुभ दिशा स् पूर्व, कार्यसिद्धि मन्त्र स् ॐ महालक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या स् ११, के गर्ने स् सुमधुर बोलीवचनको प्रयोग गर्ने, के नगर्ने स् अनावश्यक खानपान

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० – नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्ने समय छ ।

शुभरङ्ग स् सिन्दूरे रातो, शुभअङ्क स् ९, शुभदिशा स् पूर्व, इष्टदेवता स् हनुमान्, अशुभ रङ्ग स् हरियो, अशुभ अङ्क स् ८, अशुभ दिशा स् उत्तर, कार्यसिद्धि मन्त्र स् ॐ हं हनुमते नमः न्यूनतम जापसङ्ख्या स् १०, के गर्ने स् निर्णय गर्दा राम्ररी सोचविचार गर्ने, के नगर्ने स् हडबड र शीघ्रता

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० – सुरुमा द्वादश भावमा चन्द्रमा भएकाले आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ तर साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । अनावश्यक खर्च बढ्रने छ, नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । छात्रछात्रा वा किशोरकिशोरीको विवाद र झैझगडामा समय बित्नसक्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । कुनै दीर्घकालीन योजना कार्यान्वयन गर्नु छ भने रातीअबेर वा भोलिदेखि मात्र सहज हुने देखिन्छ ।

शुभरङ्ग स् सेतो वा बैजनी, शुभअङ्क स् ४, शुभदिशा स् उत्तर, इष्टदेवता स् धर्मराज, अशुभ रङ्ग स् हरियोरचम्किलो, अशुभ अङ्क स् ७, अशुभ दिशा स् पश्चिम, कार्यसिद्धि मन्त्र, स् ॐ चित्रगुप्ताय नमः, न्यूनतम जापसङ्ख्या स् १९, के गर्ने स् दान, धर्म, परोपकार, के नगर्ने स् रिसराग, उद्वेग र क्रोध

55K Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

दक्षिणकाली माताले सबैको कल्याण गरुँन !

1 घण्टा अगाडि

जननी र जन्मभूमि एउटै हुन्। जुनसुकै

1 घण्टा अगाडि

नया वर्ष २०७८ को अवसरमा राजधानीको

1 घण्टा अगाडि

झापामा घिमिरेले कुटेर दलितको ह,,त्या गरे

1 घण्टा अगाडि

वेब सिरिज ‘ईओजी (Errors of God)’

52 मिनेट अगाडि

सिएनएस युकेले बेलायतमा नेपाली समुदायमा कोभिड

44 मिनेट अगाडि

झापामा शान्तिका प्रतीक जोडि परेवा उडाएर

13 मिनेट अगाडि

सुन्दै ड,र लाग्दो घटना घट्यो, गाउमा

8 घण्टा अगाडि

दक्षिणकाली माताले सबैको कल्याण गरुँन !

1 घण्टा अगाडि

जननी र जन्मभूमि एउटै हुन्। जुनसुकै

1 घण्टा अगाडि

नया वर्ष २०७८ को अवसरमा राजधानीको

1 घण्टा अगाडि

झापामा घिमिरेले कुटेर दलितको ह,,त्या गरे

1 घण्टा अगाडि

वेब सिरिज ‘ईओजी (Errors of God)’

52 मिनेट अगाडि

सिएनएस युकेले बेलायतमा नेपाली समुदायमा कोभिड

44 मिनेट अगाडि

झापामा शान्तिका प्रतीक जोडि परेवा उडाएर

13 मिनेट अगाडि

सुन्दै ड,र लाग्दो घटना घट्यो, गाउमा

8 घण्टा अगाडि

दक्षिणकाली माताले सबैको कल्याण गरुँन !

1 घण्टा अगाडि

जननी र जन्मभूमि एउटै हुन्। जुनसुकै

1 घण्टा अगाडि

नया वर्ष २०७८ को अवसरमा राजधानीको

1 घण्टा अगाडि

झापामा घिमिरेले कुटेर दलितको ह,,त्या गरे

1 घण्टा अगाडि

वेब सिरिज ‘ईओजी (Errors of God)’

52 मिनेट अगाडि

सिएनएस युकेले बेलायतमा नेपाली समुदायमा कोभिड

44 मिनेट अगाडि

झापामा शान्तिका प्रतीक जोडि परेवा उडाएर

13 मिनेट अगाडि

सुन्दै ड,र लाग्दो घटना घट्यो, गाउमा

8 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)166K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)118K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !78K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)70K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! बैशाख २ गते बिहिबारको...

  • २०७८ सालको बार्षिक राशिफल

  • आजको राशिफल बि.सं. २०७८ साल बैशाख २ गते बिहीवार :...

  • आजको राशिफल (नया बर्ष) वैशाक १ गते बुधबार : मनकामना...

  • आजको राशिफल बैशाख १ गते वुधवार : पाथिभारा माताले सबैको...

  • दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! चैत्र ३१ गते मंगलबारको...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT