काठमाडौंमा लकडाउनको मारमा परेका ४ सय ६५ परिवार इलामेलीलाई राहत

काठमाडौं । इलाम स्थायी घरभई हाल काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा बस्ने इलामेलीहरुलाई राहत वितरण गरिएको छ ।

काठमाडौं उपत्यका कोरोना (कोभिड-१९) राहत तथा सहयोग समिति, इलामको अगुवाइमा मजदुर, गरीव विद्यार्थी, उपचारका लागि काठमाडौंमा आई फर्कन नसकेका र असक्त तथा अतत्त विपन्न ४ सय ६५ परिवारलाई राहत वितरण गरिएको समितिका संयोजक राधेश्याम लेकालीले जानकारी दिए ।

उनले करिव ७ लाख १० हजार बराबरको राहत सहयोग डेरामा नै पुगेर वितरण जानकारी दिए ।

असंगठित मजदुर, गरीव विद्यार्थी, असक्त तथा अति विपन्न वर्गहरुमा कोरना (कोभिड–१९) को लकडाउनका कारण असहज परिस्थिति भएकाले व्यवस्थित रुपमा राहत वितरण गरिएको समितिका सदस्य माधव चम्लागाईले जानकारी दिए ।

राहतका लागि जिल्ला समन्वय समिति इलामको समन्वय र साथै जिल्लाका सबै गाउपालिका र नगरपालिकाको सहकार्य र सहयोग तथा काठमाडौंमा क्रियाशिल इलाम सम्वद्ध संघसंस्थाहरु र सामाजिक व्यक्तित्वहरुको साझा प्रयासबाट राहत वितरण गरिएको पनि उनले जानकारी दिए ।

इलाम नगरपालिकाका ७९ परिवार, देऊमाई नपाका ९४, फाकफोकथुमका ९८, माई नपाका ४३, माइजोगमाई गापाका ४६, सन्दकपुर गापाका १७, सूर्योदय नपाका ४९, चुलाचुली गापाका ३२, मासेबुङ्ग गापाका पाँच, र रोङ्ग गापाका तीन परिवारलाई राहत वितरण गरिएको सदस्य चम्लागाइले जानकारी दिए ।

अमेरिकाबाट खान लाई पैसा छैन मलाई बचाउनुस भन्ने राता रात भाइरल Pawan Chapagai ले गरे यती ठुलो सहयोग