आगलागि हुँदा तीनवटा घर जलेर नष्ट भएका छन

इलामको माईजोगमाई गाउँपालिका ३ को नामसालिङ स्थित शुक्रबारे बजारमा आगलागि हुँदा तीनवटा घर जलेर नष्ट भएका छन ।

सोमबार राती भएको आगलागिमा स्थानीय मांगेलाल गर्ग , छत्रकुमारी दर्जी र रुकमीणी प्रधानका तीनवटा काठका घर जलेर नष्ट भएका हुन । आगलागिबाट गर्ग र दर्जीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने प्रधानको घर आगलागि नियन्त्रण गर्ने क्रममा भत्काईएको छ । राती करिब १० बजे शुरु भएको आगो बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागिबाट ७० लाख बढीको क्षती भएको स्थानीय प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले क्षती बिबरण संकलन भइरहेको जानकारी दिए। आगलागिको कारण खुल्न सकेको छैन .

घटनाको सम्पूर्ण भिडियो :