टिकटक प्रतियोगिता पहिलो पटक चलचित्रको गीतमा – नगद पुरस्कार सहित चलचित्र खेल्न पाऊने सुवर्ण अबसर (भिडियो सहित)

शिव भट्टराई, इटहरी । नेपालमा पहिलो पटक नेपाली फिल्मको गीतमा टिकटक प्रतियोगिता हुने भएको छ । नेपाली फिल्म फेक फ्रेण्डको गीतमा टिकटक प्रतियोगिता हुन लागेको हो ।

फेक फ्रेन्ड का लेखक, निर्माता तथा निर्देशक भिम लामाले नेपालको फिल्मी क्षेत्रमै यो अहिलेसम्मकै नौलो र पहिलो प्रयोग भएको बताउनु भएको छ । लामाले आफ्नो छैटौं चलचित्र फेक फ्रेण्डको लभ सङ ‘यो मुटु भित्र तिमिलाई सजाई राखौला’ भन्ने गीतमा टिकटक प्रतियोगिता गराउन लागेको जानकारी दिनु भयो ।

कम्तीमा एकहजार जना प्रतिस्पर्धीहरु बाट टप ५० छान्ने, त्यस बाट फेरि टप २० छान्ने र टप २० बाट फेरि टप १० छानेर एकजनालाई बिजेता घोषणा गर्ने उहाँले बताउनु ।

बिजयी प्रतियोगिले नगद रु,११,१११ र प्रमाणपत्र सहित भिम लामाले बनाउनु हुने कुनै एक नयाँ चलचित्रमा खेल्न पाउने अवसर पाउनेछन जसमा प्रतियोगिले पेजलाई अनिवार्य लाइक, कमेन्ट र सेयर गर्नुपर्ने छ ।

प्रतियोगीहरुको छनौट उहाँहरुको भिडियोले पाएको धेरै लाइक, कमेन्ट र भ्युवर्सको आधारमा गरिनेछ । इच्छुक टिकटक प्रेमीहरुलाई यस गीतमा टिकटक बनाई भिडियोहरु भीम लामाको मेसेन्जरमा पठाउन सक्ने उहाँले जानकारी दिनु भयो । लामाले भोलि बिवाद नहोस भनेर नै सबै प्रतिस्पर्धीहरुको मुल्यांकन गर्ने, छान्ने जिम्मा लाइक, कमेन्ट र सेयर गर्नुहुने दर्शकहरुलाई दिएको बताउनु भयो । प्रतियोगिताको बिसयमा बुझ्न ९८५२०६३५३४ र ९८१३६३१०१२ मा सम्पर्क गर्न लामाले आग्रह गर्नु भएको छ ।