काजिको घोडा दौडेर गयो रित्तो छ तबेला : टिक टोक् मा हिट हुदै (भिडियो सहित)

इतिहास रोचक मात्र होइन उत्सुकताले समेत भरिएको हुन्छ । त्यस्तै इतिहासको कुनै कालखण्डको परिघटनालाई चटक्क टिपेर राखे जस्तो यो सांगेतिक कोसेली बिल्कुलै फरक ढंगले सुरु हुन्छ, आहिलेको बयस्कहरु ले कमै सुनेको रेडियो नेपालको समचारअगाडीको त्यो मिठो धुनले नै धेरैलाई ३५/४० बर्ष आगाडीको त्यो सम्झनामा पुराउँछ जति बेला गित, संगीत र मनोरन्जनको सहज मध्यम रेडियो नेपाल नै थियो । फ्याट्टफुट्ट देखिने टेलिभिजनहरु समेत बाल्यक एण्ड व्हाइट थिए । तत्कालिन समयमा घोडा हुनु भनेको सम्मपन्नताको प्रतिक थियो, भने काजी भनेर पाईने मान-सम्मानको आफ्नै महत्व थियो।

पुरै बाल्यक एण्ड व्हाइट प्रिन्टको रुपमा सार्बजनिक गरिएको यस ‘काजीको घोंडा’ बोलको गीतको म्युजिक भिडियोमा प्रयोग भएका शब्दहरु ‘बतासै चल्यो, पसिना सुक्यो, जाउँ भयो अबेला, काजीको घोंडा दौडेर गयो, रित्तो छ तबेला ‘ तत्कालिन सामाजिक परिवेशलाई झल्काउने खालको छ । अझ यसलाई जिबन्त दिन भीमफेदी गाइजको समूह र अहिलेको पुस्तामा प्रिय नायिका स्वस्तिमा खड्का पूर्ण रुपमा सफल छन् । डा. रामकृष्ण निरौलाको स्वरको यो गीतका शब्दहरु भुवन शिवाकोटीको हुने भने यस गीतलाई रामचन्द्र थापाले संगीतबद्ध गरेका हुन् । विकास सुबेदीले निर्देशन गरेको यस म्युजिक भिडियोमा जुना सुन्दास र संजु शाहको पनि छोटो भूमिका रहेको छ । यो गीतलाई डश म्युजिकले सार्बजनिक गरेको छ ।

बतासै चल्यो पसिना सुक्यो जाउँ भयो अबेला
काजिको घोडा दौडेर गयो रित्तो छ तबेला
काखमा राखि बजाउंला मादल तिमी गित सुनाउँहो
आजको साँझ नाच्दै र गाउदै एकैसाथ रमाउँहो।
बतासै चल्यो पसिना सुक्यो जाउ भयो अबेला

हेर त पारी हिमाल माथि घामपनि निदायो
नौ लाख तारा आकाशभरी जुनसंगै उदायो
धर्तिको काखमा जुनेली मुहार छातिमा टाँसौला ।
घर पुग्न अझै लामो छ बाटो यतै बास बसौला

बतासै चल्यो पसिना सुक्यो जाउ भयो अबेला
काजिको घोडा दौडेर गयो रित्तो छ तबेला

नआओस भेल बगाइ लाने हाम्रो यो संसार
किनारमा छोडी चुँडेर हात, नतरे जँघार
फूलको बारी त्यो सागर पारी सुखलाई ल्याउला हो
उज्यालो दीप झै अनुहार तिम्रो हँसाई राखौला हो।
बतासै चल्यो पसिना सुक्यो जाउँ भयो अबेला
काजिको घोडा दौडेर गयो रित्तो छ तबेला