२५ जना नेपालीमा कोरोना संक्रमित मलेशियामा अहिलेसम्म ४५ जना नेपालीमा पुष्टि।

मलेशिया कोभिड-१९ कोरोना भाइरस बिश्वब्यापी रुपमा फैलिएको समयमा मलेशियामा पनि जोखिम बढिरहेको छ मलेशिया सरकारले कोरोना रोकथामका लागि मार्च १८ तारिख देखी लगातार लकडाउन रहेको छ भने।

केही दिन यता देखी मलेशिया रोजगारीका लागि पुगेका नेपाली श्रमिक हरुमा कोरोना भाइरस बढिरहेको छ मे ७ तारिख एकै दिन ९ जना क्वालालम्पुर स्थित एक सपिङ महलमा सुरक्षागार्डमा कार्यरत नेपाली हरुमा कोरोना पुष्टि भएको थियो भने फेरि मे ८ तारिखमै मलेशिया एउटै कम्पनीमा कार्यरत २५ जना नेपाली मा कोरोना भाइरस संक्रमित देखिएको छ।

मलेशियाको नेगेरी सेम्बिलान राज्यमा रहेको रेम्बाउ भन्ने ठाउँमाको कम्पनीमा २५ जना नेपालीमा कोरोना पुष्टि भएको हो मलेशिया सरकारले लकडाउन खुकुलो गरे संगै संक्रमण संख्या झन्झन् बढिरहेको छ लाखौं नेपाली रोजगारीका लागि मलेशिया पुगेका छन् भने दिनप्रतिदिन त्रास बढिरहेको छ अब नेपाल सरकारले आफ्नो नागरिकलाई स्वदेश झिकाउने बारे भन्ने कुनै टुंगो अहिले सम्म छैन।

श्रमिकको गुनासो पनि उतिकै मात्रामा आउने गर्दा छन् पछिल्लो समय मिडियामा मलेशिया सरकारले मे १२ सम्मका लागि लकडाउन गरेको छ भने अब थप होला अथवा खुल्ला यो भने हेर्न बाँकी छ मलेशियामा नेपाली कोरोना पुष्टि अहिले सम्म ४६ जना भएको छ भने ३ जना उपचार पछि रिकभर भएर काममा फर्किएका छन् ।

मलेशियामा हाल सम्म ६ हजार ५ सय ३५ जनामा संक्रमित भैसकेको छ भने १ सय ७ जनाले ज्यान गुमाएका छन् ४ हजार ८ सय ६४ जना उपचार पछि निको भएर घर फर्किएका छन्।