विदेशस्थित नेपालीहरुलाई कोरोनाबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे,

अमेरिका, युरोपियन युनियनका देशहरु, बेलायत, मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ | झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ | धेरै नेपाली आइसीयु र भेन्टिलेटरमा हुनुहुन्छ | यो परिदृश्यबाट हामी नेपालीको मन रोएको छ |

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि तथा कोरोना संक्रमणबाट गम्भीर अवस्था नआओस भन्नको लागि आदरणीय नेपाली बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्न उपाय अबलम्बन गर्न अनुरोध गर्दछु |

१. जीवनरक्षा भन्दा महत्वपूर्ण वृत्ति अरु केहि छैन | तसर्थ यो महामारीमा काम छुटेपनि, कमाई छुटेपनि, फाइदा छुटेपनि कृपया घरभित्र सुरक्षित रुपमा बस्नुहोला | माहुरीले फूल नफुल्ने मौसमको लागि मह स्टोर गरेजस्तै हामीले अहिलेसम्म कमाएको खाएर भएपनि तथा लोन लिएर भएपनि घरमै बस्नुहोला | सपिंग धेरै दिनको लागि गर्ने, त्यसलाई संक्रमणरहित बनाउने तथा बाहिर गइरहने अवस्था सिर्जना नगर्नुहोला |

२. रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि तथा जीवन बचाउनको लागि बैज्ञानिक रुपमा प्रमाणित निम्न लिखित सप्लिमेन्ट सेवन गर्नुहोला | यसका बैज्ञानिक र प्रमाणित आधार धेरै छन्, ती यहाँ प्रस्तुत गर्दा लेख लामो हुने भएकोले कन्टेन्ट मात्र उल्लेख गरेको छु |

Watch Full Video :

भिटामिन डी ( Vitamin D ) 1000 IU दैनिक वा 60,000 IU हप्ताको १ पटक नियमित खाने | भिटामिन सि इम्युन बुस्टर भिटामिन हो | दिनको १ चक्की भिटामिन सि ( ५०० एमजी ) चुस्नुहोला | Methylcobalamin 1500mcg अर्थात् vitamin B12 दिनको १ चक्की खानुहोला |
Zinc 40 mg दिनको १ पटक खानापछि सेवन गर्नुहोला | Vitamin B6, Vitamin D3 कन्टेन्ट मल्टिभिटामिन दैनिक सेवन गर्नुहोला | Vitamin E 400mg बिहान १ क्याप्सुल दैनिक सेवन गर्नुहोला |

साल्मोन फिसको omega 3 fatty acid अर्थात फिस आयल दिनको २ क्पाप्सुल नियमित सेवन गर्नुहोला | Quercetin from 250mg up to 1g दिनको २ पटक, CoQ10 100-300mg दिनको १ पटक, N-acetylcysteine (NAC) – 600mg दिनको २ पटक तथा ग्रीन टि दिनमा २ कप वा १ क्याप्सुल दैनिक सेवन गर्दा रोगसँग लड्ने, गम्भीर अवस्था नआउने क्षमता प्राप्त हुन्छ |

( माथिका सप्लिमेन्टहरु डिपार्टमेन्टल स्टोर वा फार्मेसीमा बिना प्रेस्क्रिप्सन किन्न पाइन्छ | )

रातमा ८ घण्टा सुत्ने, ब्यायाम गर्ने, योग तथा ध्यान गर्ने, तनाब ब्यबस्थापन गर्ने, चुरोट तथा रक्सी नखाने, पोषिलो खाना खाने, खानामा नेपाली मरमसलाको अत्यधिक उपयोग गर्ने, आफ्ना पुराना औषधि नछोड्ने, सामाजिक दुरी / पारिवारिक दुरी कायम गर्ने तथा सरसफाईमा ध्यान दिने गर्दा यो आतंककारी कोरोना भाइरससंग लड्न हामीभित्रको सिपाही क्षमतावान हुन्छ | कोरोना महामारी आयुको हिसाबले बृद्ध भएको छ | तसर्थ उच्च आत्मबल, धैर्यता, संयम र सजगता अपनाएर आफ्नो मानसिक स्वास्थ्यको समेत ख्याल गर्नुहुन अनुरोध गर्दछु |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)